काठमाडौं। सरकारको बेरुजु असूलीको अवस्थ कमजोर देखिएको छ। साउनदेखि पुससम्म छ महिनाको अवधिमा आठ अर्ब रुपैयाँ मात्र बेरुजु फच्छ्यौट गरेको छ।
सरकारको बेरुजु रकम कूल एक खर्ब २५ अर्ब रुपैयाँ छ। कूल बेरुजुको ६.४ प्रतिशत मात्र असूली गरेको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालका अनुसार अझै एक खर्ब १७ अर्ब रुपैयाँ बेरुजु फच्छ्यौट हुन बाँकी छ।
महालेखा परीक्षकको कार्यालयले वर्षेनी अर्बौं रुपैयाँ बेरुजु देखाउँदै आएको छ।


