काठमाडौँ: हुन्डाई नेपालले क्रेटा ईभी प्रयोगकर्ताहरूका लागि ड्राइभिङ रेञ्ज बढाउने उद्देश्यले ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) सफ्टवेयर अपडेट सार्वजनिक गरेको छ। कम्पनीले सबै क्रेटा ईभी ग्राहकहरूलाई नजिकको आधिकारिक सेवा केन्द्रमा गई यो अपडेट गराउन आग्रह गरेको छ।
हुन्डाई नेपालका अनुसार नयाँ बीएमएस अपडेट नेपाली सडक अवस्था र ड्राइभिङ शैलीलाई ध्यानमा राखी अप्टिमाइज गरिएको हो। यस अपडेटपछि क्रेटा ईभी को ड्राइभिङ रेञ्ज हालको तुलनामा करिब १५ देखि २५ किलोमिटरसम्म वृद्धि हुने कम्पनीको दाबी छ।
कम्पनीले यो अपडेटले दैनिक आवागमनदेखि लामो यात्रासम्म क्रेटा ईभी प्रयोगकर्तालाई थप सुविधा, सहजता र भरोसा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ। उक्त सफ्टवेयर अपडेट हुन्डाई नेपालको देशव्यापी सेवा सञ्जालमार्फत कार्यान्वयन भइरहेको जनाइएको छ, जसबाट सबै क्रेटा ईभी ग्राहकहरूले सहजै लाभ लिन सक्नेछन्।
हुन्डाई नेपालले आफ्ना सवारी साधनहरूको निरन्तर स्तरोन्नति गर्दै ग्राहक अनुभवलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै, उत्कृष्ट सेवा र दीर्घकालीन सन्तुष्टिप्रति आफू प्रतिबद्ध रहेको जनाएको छ।


