काठमाडौँ: चालु आर्थिक वर्षको छ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ३९.१ प्रतिशत वृद्धि भएको छ।
पुससम्म १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशत बढेको थियो।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३२.३ प्रतिशत वृद्धि भई ७ अर्ब ५० करोड पुगेको छ।


