२०८३ कार्तिक २१ गते शुक्रबार

बजेट कार्यान्वयन सुस्तः आधा वर्ष बित्दा पनि धेरै आयोजना कागजमै सीमित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २६
cni_budget

काठमाडौं। चालू आर्थिक वर्षको बजेटमा समावेश गरिएका उद्योग, ऊर्जा र पूर्वाधार क्षेत्रका अधिकांश कार्यक्रम अपेक्षित रूपमा अघि बढ्न नसकेको पाइएको छ।

नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले संयुक्त रूपमा गरेको बजेट कार्यान्वयन मूल्यांकनले सरकारको कार्यान्वयन क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ।

अध्ययनअनुसार आर्थिक वर्षको छ महिनासम्म आइपुग्दा बजेटमा समेटिएका ७४ प्रमुख बुँदामध्ये जम्मा नौवटा मात्र पूर्ण रूपमा कार्यान्वयन भएका छन्, जुन कुल बुँदाको करिब १२ प्रतिशत मात्र हो। प्रतिवेदनले ४५ बुँदामा आंशिक प्रगति देखिए पनि २० बुँदामा कुनै पनि काम सुरु हुन नसकेको उल्लेख गरेको छ।

उद्योग क्षेत्रतर्फ हेर्दा २७ बुँदामध्ये पाँचवटा मात्र पूर्ण रूपमा कार्यान्वयन भएका छन् भने १४ वटा आंशिक अवस्थामा छन्। बाँकी आठ बुँदामा भने अहिलेसम्म कुनै ठोस प्रगति देखिएको छैन।

ऊर्जा, पूर्वाधार तथा सहरी विकाससँग सम्बन्धित १४ बुँदामध्ये तीनवटा पूर्ण, आठवटा आंशिक र तीनवटा अझै अलपत्र अवस्थामा छन्। कृषि तथा जडीबुटी क्षेत्रका सात बुँदामध्ये तीनवटामा मात्र पूर्ण कार्यान्वयन भएको छ।

गत वर्षको सोही अवधिसँग तुलना गर्दा यस वर्ष बजेट कार्यान्वयन झन् कमजोर देखिएको छ। अघिल्लो वर्ष १३ प्रतिशत बुँदा पूर्ण रूपमा कार्यान्वयन भएकोमा यस वर्ष त्यो घटेर १२ प्रतिशतमा सीमित भएको छ। यद्यपि, पहिलो त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा केही सुधार देखिएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनले बजेट कार्यान्वयनमा नीतिगत र कानुनी जटिलता मुख्य बाधक बनेको औंल्याएको छ। प्राकृतिक तथा खानीजन्य स्रोतको व्यवसायिक उत्पादन र निर्यातसम्बन्धी योजना कानुनी आधार नबन्दा अघि बढ्न सकेको छैन।

औद्योगिक तथा घरेलु उपभोक्ताका लागि समयअनुसार फरक विद्युत् महसुल निर्धारण गर्ने व्यवस्था पनि विद्युत् महसुल पुनरावलोकन नहुँदा कार्यान्वयनमा जान सकेको छैन। त्यसैगरी सौर्य तथा वायु ऊर्जालाई राष्ट्रिय प्रणालीमा जोड्ने कार्यक्रम नियमावली संशोधन नहुँदा रोकिएको छ।

सातै प्रदेशमा कर्मचारीका लागि एक लाख आवास निर्माण गर्ने महत्वाकांक्षी योजना पनि हाल आंशिक रूपमा मात्र अघि बढेको छ। आवश्यक तयारी र स्पष्ट कार्ययोजना नहुँदा यस्ता कार्यक्रम अपेक्षित गतिमा जान नसकेको देखिन्छ।

यद्यपि, वन क्षेत्रसँग सम्बन्धित केही नीतिगत सुधारलाई भने सकारात्मक रूपमा लिइएको छ। राष्ट्रिय वन क्षेत्रमा आयोजना सञ्चालन गर्दा दोहोर्‍याएर नापजाँच गर्नुपर्ने व्यवस्था हटाइएपछि रुख कटान प्रक्रिया सहज बनेको छ। वन तेस्रो संशोधन नियमावली, २०८० लागू भएसँगै यस क्षेत्रलाई पूर्ण कार्यान्वयनको उदाहरणका रूपमा हेरिएको छ।

छलफलका क्रममा मन्त्रालयहरूबीच कार्यक्षेत्रको स्पष्टता नहुनु पनि समस्या बनेको विषय उठेको छ।

सेजन अध्यक्ष भागवत भट्टराईले बजेट कार्यान्वयनमा देखिएका कमजोरी सुधार नगरेसम्म आर्थिक गतिविधिमा अपेक्षित गति नआउने बताए।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्माले पूर्वतयारीबिनै बजेटमा आयोजना राख्ने प्रवृत्तिले समस्या निम्त्याएको उल्लेख गरेका छन्।

उनले ऊर्जा र पूर्वाधार विकासमा निजी क्षेत्रको योगदान उल्लेखनीय भए पनि पुँजीगत खर्चको ठूलो भार सरकारले नै वहन गर्नुपरेको बताए।

नेपालको जटिल भौगोलिक संरचनाका कारण सडक निर्माण खर्चिलो र समयसाध्य हुने भएकाले ढुवानी लागत उच्च भएको उनको भनाइ छ। साथै, नयाँ सडकको माग बढे पनि मर्मतसम्भारका लागि पर्याप्त बजेट नहुँदा पूर्वाधारको गुणस्तरमा असर परेको उनले बताएका छन्।

प्रकाशित: २०८२ माघ २६ गते सोमबार ०७:२१
प्रतिक्रिया

थप समाचार

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

धनुषाका गौरीशंकरले जिते १० लाख, १ लाख जित्ने १५ जनामा तपाईँ पनि पर्नुभयो कि? [सूची]

काठमाडौँ: धनुषाको नगराइन नगरपालिकाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा सामान्य खरिद जीवनकै अविस्मरणीय संयोग बनेको छ। दैनिक उपभोग्य वस्तुका रूपमा किनेको तोरीको तेलले उनलाई एकैपटक...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना