काठमाडौं। नेपाली कांग्रेसले मुलुकलाई समुन्नतिमा लम्कन खुला बजार र प्रतिस्पर्धी अर्थतन्त्रलाई आत्मसात गर्ने भएको छ। खुला अर्थतन्त्रमा प्रविधिमैत्री र पर्यावरणमैत्री हुने र जसले अन्तर्राष्ट्रिय लगानी र प्रविधिलाई आकर्षित गर्ने कांग्रेस प्रतिज्ञापत्रअन्तर्गत भिजन १० मा उल्लेख गरेको छ।
हाम्रो प्रणालीको कार्यसम्पादन क्षमता उत्कृष्ट र परिणाममुखी हुने भिजनमा उल्लेख गरिएको छ।यसैगरी सबै योजनाहरूको गति र गुणस्तर विश्वस्तरको हुने लक्ष्य भिजनको छ।
कृषि, पर्यटन, ऊर्जा, सूचना प्रविधि(आईटी), खेलकुद, यातायातजस्ता क्षेत्रलाई आधुनिक र सबल बनाउँदै अत्यावश्यक पूर्वाधारहरूको द्रुत गतिमा विकास हुने उल्लेख छ।
२०४८ पछि कांग्रेसले खुला बजार अर्थतन्त्रको वकालत गर्दै आए पनि पछिल्लो समय यसबाट विचलित भएको थियो।


