२०८३ कार्तिक २१ गते शुक्रबार

काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा सबै पालिकाको वित्तीय साझेदारी हुने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ७
69969f2f24430

काठमाडौँ: उपत्यकाबाट उत्पादन हुने फोहरको वैज्ञानिक एवं दिगो व्यवस्थापन अध्ययन तथा समन्वय समिति गठन गर्ने, सार्वजनिक यातायात सञ्चालनको दिगोपनाका लागि यस अघिका अध्ययन प्रतिवेदनहरुको तथ्य र सिफारिस विश्लेषण गरेर उपयुक्त ढाँचामा नेपाल सरकारसँग सहकार्य गर्ने उपत्यका मेयर्स फोरमको बैठकले निर्णय गरेको छ।

फोहर व्यवस्थापन अध्ययन तथा समन्वय समितिले फोहर व्यवस्थापनको विधि तथा प्रविधि अध्ययन गर्नुका अतिरिक्त सवै स्थानीय तहका बिचमा आवश्यकता अनुसार समन्वय, सहजीकरण र सामुहिक व्यवस्थापनका लागि आवश्यक काम गर्नेछ। बुधबार काठमाडौँमा फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा बसेको १३ औँ बैठकले, गोदावरीदेखि बुढानीलकण्ठसम्म साइकल लेन सम्बन्धी कानुन निर्माण गरी गुरु योजना बनाउने, पूर्वाधार निर्माण र सञ्चालनका लागि नेपाल सरकारसँग सहकार्य गर्ने निर्णय गरेको छ।

उपत्यकाको एकीकृत विकास गरेर नागरिक जीवन सहजताका लागि सहकार्य र समन्वय गर्नु पर्ने धेरै काम छन्। फोरमको अहिलेको दृष्टि त्यसैमा छ। बैठकपछि फोरमका अध्यक्ष महर्जनले, मेट्रोको अवधारणा कार्यान्वयन संघ सरकारसँग सहकार्य गर्न उपत्यकाका स्थानीय तहहरु तत्पर रहेको उल्लेख गर्दै मेट्रोको अवधारणा अनुसार पूर्वाधार निर्माण तथा सञ्चालन गर्न लाग्ने समयमा पनि सहज सार्वजनिक यातायातका साधन सञ्चालनमा आफूहरु तयार रहेको बताए।

बैठकमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, सार्वजनिक यातायात सञ्चालन गर्दा उपत्यकाको भूगोल, वस्तीको मौलिकता, सांस्कृतिक तथा सामाजिक चालचलन सुहाउँदो ढाँचाको उपयुक्त माधयमको छनोट गरी पूर्वाधार निर्माण गर्न नेपाल सरकारसँग सहकार्य गर्नुपर्ने बताइन्। यसअघि सार्वजनिक यातायात प्रणालीका विषयमा धेरै अध्ययन भएका तीमध्ये कुन उपयुक्त छन् भन्ने कुराको ठोस निष्कर्षमा पुग्न विगतका अध्ययनहरुको पुनरावलोकन गर्न आवश्यक रहेको उनको भनाइ थियो। ‘समस्याहरु सीमाविहिन छन्। ती समस्यालाई प्रशासनिक साँधमा अडिएर आफ्नो भन्नु भन्दा पनि उपत्यकाका स्थानीय तहहरुको सहअस्तित्व स्वीकार गरेर समन्वयात्मक रुपमा सहकार्य गरेपछि नतिजा आउँछ,’ डंगोलले बताइन्।

उपत्यकामा सार्वजनिक यातायात सञ्चालनका यस अघि गरिएको अध्ययन प्रतिवेदनको विश्लेषण र उपत्यका सुहाउँदो ढाँचाका विषयमा आगामी बैठकमा पेश गरिने अध्यक्ष महर्जनले जानकारी दिए।

फोहर व्यवस्थापन, सार्वजनिक यातायात सञ्चालन, खानेपानी वितरण तथा नदी सभ्यताको संरक्षण, खाद्य स्वच्छता, विपद व्यवस्थापन, जलबायु परिवर्तनका असर कम गराउने सीमाविहिन समस्या हुन्, यी समस्या सुल्झाउन फोरमको उपयोग गर्नुपर्ने डंगोलको भनाइ थियो।

बैठक प्रारम्भ हुनुअघि काठमाडौँ महानगरपालिकाका तर्फबाट वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले फोहर संकलन, ढुवानी र अन्तिम व्यवस्थापनमा विद्यमान अवस्था र दिगोपनाका लागि अवको आवश्यकता विषयमा प्रस्तुतिकरण गरिन्। यसमा पनि ल्याण्डफिल साइट क्षेत्रको व्यवस्थापन र यसमा स्थानीय तहको जिम्मेवारीमा केन्द्रीत गरिएको थियो। ल्याण्डफिल साइटमा काठमाडौँसहित विभिन्न ६ वटा जिल्लाका २४ वटा पालिकाबाट फोहरको अन्तिम व्यवस्थापन कार्य गरिँदै आएको छ। ढुवानी नगरपालिका र निजी क्षेत्रबाट हुने गरेको छ भने साइट व्यवस्थापनको काम काठमाडौँ महानगरपालिकाले गर्ने गरेको छ।

प्रकाशित: २०८२ फाल्गुण ७ गते बिहिबार १२:३१
प्रतिक्रिया

थप समाचार

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

धनुषाका गौरीशंकरले जिते १० लाख, १ लाख जित्ने १५ जनामा तपाईँ पनि पर्नुभयो कि? [सूची]

काठमाडौँ: धनुषाको नगराइन नगरपालिकाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा सामान्य खरिद जीवनकै अविस्मरणीय संयोग बनेको छ। दैनिक उपभोग्य वस्तुका रूपमा किनेको तोरीको तेलले उनलाई एकैपटक...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना