काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भारतीय रुपैयाँ (भारु) सँगको स्थिर विनिमयदरको पुनरावलोकन गर्ने एजेन्डा अघि सारेको छ।
रास्वपाले बिहीबार सुर्खेतमा चुनावको वाचापत्र सार्वजनिक गर्दै अर्थविद् डा. स्वर्णिम वाग्लेले तीन दशकदेखि स्थिर विनिमय दर कायम रहेकोमा विशिष्ट
अन्तर्राष्ट्रिय प्राज्ञहरू समेतको सहभागितामा यस प्रणालीको अध्ययन र पुनरावलोकन गर्ने बताएका छन्।
अर्थमन्त्री रामेश्वर खनालको नेतृत्वमा गठन भएको उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोगले पनि भारुसँगको स्थिर विनिमयदरमा पुनरावलोकन गर्न सुझाएको थियो।
हाल भारुसँगको स्थिर विनिमयदर भएकाले डलरको भाउ निर्धारण हुने गरेको छ।


