२०८३ कार्तिक २१ गते शुक्रबार

कांग्रेसको कर नीतिः १० लाखसम्म व्यक्तिगत आम्दानीमा कर नलाग्ने, २५ प्रतिशत भन्दा नबढ्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ७
Nepali congress_-148

काठमाडौं। नेपाली कांग्रेसले कर प्रणालीमा व्यापक सुधार गर्ने योजना सार्वजनिक गरेको छ। जसअनुसार करको भारबाट सर्वसाधारणलाई राहत दिन व्यक्तिगत आयमा सुरुको १० लाख रुपैयाँसम्म आयकर नलगाउने नीति लिएको छ।

हाल वार्षिक छ लाख रुपैयाँसम्म आम्दानीमा कर लाग्दैन्। कांग्रेसको कर नीति कार्यान्वयन भएमा १० लाखसम्म कर लाग्दैन। यस्तै व्यक्तिगत आयकरको अधिकतम दर २५ प्रतिशत भन्दा नबढ्ने गरी प्रगतिशील प्रणाली लाग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। हाल ३९ प्रतिशतसम्म व्यक्तिगत आयकर लागू भइरहेको छ।

वार्षिक १ करोड रुपैयाँभन्दा माथिको आयमा मात्र अतिरिक्त शुल्क लगाउने, संस्थागत आयकरलाई क्रमशः २० प्रतिशतमा झार्ने र वस्तु र सेवाको निर्यातमा १०, सूचना प्रविधि निर्यात व्यवसायमा ५ र उत्पादनमुखी उद्योगहरूमा १५ प्रतिशत आयकर कायम गर्ने प्रतिबद्धता कांग्रेसले जनाएको छ।

यसैगरी विभिन्न नाममा लगाइएका स–साना करहरूलाई मूल्य अभिवृद्धि कर (भ्याट) मा समाहित गरी दायरा विस्तार र यसको एकल दरलाई क्रमशः १० प्रतिशतमा झार्ने योजना कांग्रेसको छ।
लगानीमैत्री कर प्रणाली राजस्व नीति र प्रशासनमा रहेका द्विविधा हटाउँदै सरकारका तहबीच करको दोहोरोपनालाई पूर्णरूपमा निर्मूल गरी सघींयताको भावना अनुरूपको कर अवधारणा लागु गर्ने योजना कांग्रेसको छ।

“अन्तःशुल्क लाग्ने वस्तुहरु हरूको संख्या घटाउने, स्वदेशी तथा वैदेशिक लगानी, उद्योग, निर्यात र आयातमा देखिएका कर सम्बन्धी द्विविधाहरू हटाउन कानुन परिमार्जन गरी कर प्रणालीमाथि विश्वास अभिवृद्धि गर्छौं” सार्वजनिक गरिएको प्रतिज्ञापत्रमा भनिएको छ।

बदल्यौं कांग्रेस, बदल्छौँ देश प्रतिज्ञाअनुसार राजस्व प्रशासनलाई व्यावसायिक र सेवा–केन्द्रित बनाउँदै सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत यसलाई पूर्णरूपमा स्वचालित, फेसलेस र पेपरलेस बनाउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: २०८२ फाल्गुण ७ गते बिहिबार ०६:४३
प्रतिक्रिया

थप समाचार

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

धनुषाका गौरीशंकरले जिते १० लाख, १ लाख जित्ने १५ जनामा तपाईँ पनि पर्नुभयो कि? [सूची]

काठमाडौँ: धनुषाको नगराइन नगरपालिकाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा सामान्य खरिद जीवनकै अविस्मरणीय संयोग बनेको छ। दैनिक उपभोग्य वस्तुका रूपमा किनेको तोरीको तेलले उनलाई एकैपटक...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना