काठमाडौं। नेपाली कांग्रेसले आगामी पाँच वर्षमा निरपेक्ष गरिबीलाई १० प्रतिशतमा झार्ने संकल्प गरेको छ। यस्तै बहुआयामिक गरिबीलाई ७ प्रतिशतमा झार्ने सङ्कल्प कांग्रेसले गरेको छ।
मुलुकमा हाल १८.७ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि छ भने १७.४ प्रतिशत बहुआयामिक गरिबीको सिकारमा छन्। यो अवस्थालाई समूल अन्त्य गर्दै समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्नु हाम्रो मूल लक्ष्य भएको कांग्रेसले प्रतिज्ञापत्रमा उल्लेख छ।
यो लक्ष्य प्राप्त गर्न कांग्रेसले विगतका अनुभव र विश्वव्यापी अभ्यासहरूको आधारमा हामी गरिबी निवारणका लागि १२ मुख्य कार्यक्षेत्रमा केन्द्रित हुने भनेको छ।
“कांग्रेसको प्रमुख राष्ट्रिय प्राथमिकता नै सबै नेपालीका लागि सम्मानजनक र समृद्ध जीवन सुनिश्चित गर्छौं, हामी गर्छौं” हामी सक्छौं प्रतिबद्धपत्रमा भनेको छ।
गरिबीको अन्त्य हाम्रो गन्तव्य हामी आय, अवसर र आत्मसम्मानको सुनिश्चिततामार्फत सबै प्रकारका गरिबीको समूल अन्त्य गर्दै न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्न सङ्कल्प पेश गरेकोछ।
‘उद्यमशीलता, मर्यादित काम, उत्पादनशील रोजगारी र एकीकृत सामाजिक सुरक्षाको बलियो आधार तयार गर्दै आगामी पाँच वर्षभित्र निरपेक्ष गरिबीलाई एकल अङ्कमा झार्छौं’ पत्रमा भनिएको छ।


