२०८३ कार्तिक २१ गते शुक्रबार

नेपालको आर्थिक वृद्धि औसत ४ प्रतिशत: सेवा क्षेत्रको प्रभुत्व बढ्दै, कृषि र उद्योगको हिस्सा घट्दो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २०
nrb

काठमाडौँ: नेपालको आर्थिक वृद्धि दर ऐतिहासिक रूपमा औसत ४ प्रतिशत हाराहारीमा रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सावर्जनिक गरेको म्याक्रो इकोनोमिक रिर्पोट अनुसार १९८६ देखि १९९५ सम्मको दशकलाई आर्थिक विस्तारको कालखण्ड मानिन्छ, जहाँ औसत वृद्धि दर सम्भावित वृद्धि दर ४.३ प्रतिशतभन्दा माथि पुगेको थियो।

त्यसपछिका वर्षहरूमा वृद्धि दर सम्भावित स्तर वरिपरि स्थिर देखिए पनि औद्योगिक क्षेत्र क्रमशः कमजोर बन्दै गएको उल्लेख गरिएको छ। १९७५ मा कुल गार्हस्थ उत्पादन (जीडीपी) को ८.२ प्रतिशत हिस्सा ओगटेको उद्योग क्षेत्र १९९५ सम्म २२.२ प्रतिशत पुगेको थियो। तर १९९५ पछिका तीन दशकमा उद्योग क्षेत्र क्रमशः खुम्चिँदै २०२५ सम्म आइपुग्दा १२.८ प्रतिशतमा सीमित भएको छ।

यसलाई समयअगावै औद्योगीकरणको क्षयका रूपमा विश्लेषण गरिएको छ। यसबीच नेपालले २०१५ को विनाशकारी भूकम्प, सोही वर्षको राजनीतिक पुनर्संरचना, कोभिड–१९ महामारी र हालको ‘जेनजी’ आन्दोलनजस्ता चार ठूला झट्का व्यहोरेको थियो।

भूकम्पपछि तीव्र उछाल, कोभिडपछि ऋणात्मक वृद्धि
गत १० वर्ष (आव २०७१/७२–२०८१/८२) मा नेपालको अर्थतन्त्र औसत ४.२ प्रतिशत दरले बढेको छ। २०७२ सालको भूकम्पपछि २०७२/७३ मा जीडीपी वृद्धि दर ०.४ प्रतिशतमा झरेको थियो। तर त्यसपछिको पुनर्निर्माण गतिविधिले २०७३/७४ मा ९ प्रतिशतको उच्च आर्थिक वृद्धि हासिल भयो। निर्माण क्षेत्रको विस्तारका कारण उद्योग क्षेत्रले करिब १७ प्रतिशतको अभूतपूर्व वृद्धि गरेको रिर्पोटमा उल्लेख छ। तर २०७६/७७ मा कोभिड–१९ महामारीका कारण अर्थतन्त्र ऋणात्मक वृद्धिमा गएर त्यसयता वृद्धि दर ५ प्रतिशतभन्दा तलै सीमित रहँदै आएको छ।

सेवा क्षेत्र ६२ प्रतिशतमा, कृषि र उद्योगको हिस्सा घट्दो
नेपालको अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान ५० प्रतिशतभन्दा बढी रहँदै आएको छ। २०७१/७२ मा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३०.३ प्रतिशत, १५ प्रतिशत र ५४.७ प्रतिशत थियो। दशकको अन्त्यसम्म आइपुग्दा २०८१/८२ मा कृषि क्षेत्रको योगदान २५.२ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८ प्रतिशतमा झरेका छन् भने सेवा क्षेत्रको योगदान भने ६२ प्रतिशतमा पुगेको छ। यसले अर्थतन्त्रको संरचनामा सेवा क्षेत्रको प्रभुत्व बढ्दै गएको देखाउँछ।

उपभोगमा निर्भर समग्र माग, निजी लगानी घट्दो
नेपालको समग्र माग मुख्यतः उपभोगमा आधारित रहेको छ। ऐतिहासिक रूपमा निजी उपभोग जीडीपीको ८५–९० प्रतिशतसम्म रहँदै आएको छ। पछिल्ला पाँच वर्षमा औसत निजी उपभोग ८७.८ प्रतिशत रहेको छ।

तर निजी लगानी २०७८/७९ मा २१.७ प्रतिशतबाट २०७९/८० मा १५.७ प्रतिशतमा झरेको छ र त्यसपछि पनि घट्दो क्रममा छ। २०७९/८० मा आयात नियन्त्रण नीतिका कारण निजी उपभोग र लगानी दुवैमा तीव्र गिरावट आएको विश्लेषण गरिएको छ। २०७८/७९ को तुलनामा निजी लगानी करिब ३० प्रतिशतले घटेको छ भने निजी उपभोग अझै पनि करिब ५.३ प्रतिशतले कम छ। यसैलाई २०७८/७९ पछिको आर्थिक सुस्तताको मुख्य कारण मानिएको छ।

पुनरुत्थानको संकेत, तर माग अझै कमजोर
आव २०८१/८२ मा कुल आन्तरिक माग जीडीपीको १२१.५ प्रतिशत पुगेको छ, जुन २०७८/७९ को १३१.५ प्रतिशतभन्दा अझै कम हो। यद्यपि उत्पादनमूलक क्षेत्रहरू—निर्माण, उत्पादन, थोक तथा खुद्रा व्यापार पछिल्ला दुई वर्षको ऋणात्मक वृद्धिबाट बाहिर निस्कँदै सकारात्मक वृद्धितर्फ फर्किएका छन्। समग्रमा अर्थतन्त्र पुनरुत्थानको बाटोमा देखिए पनि कोभिडअघिको स्तरमा पूर्ण रूपमा फर्कन अझै समय लाग्ने संकेत देखिएको छ। –नेपाल न्युज बैंक

प्रकाशित: २०८२ फाल्गुण २० गते बुधबार ०२:३१
प्रतिक्रिया

थप समाचार

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

धनुषाका गौरीशंकरले जिते १० लाख, १ लाख जित्ने १५ जनामा तपाईँ पनि पर्नुभयो कि? [सूची]

काठमाडौँ: धनुषाको नगराइन नगरपालिकाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा सामान्य खरिद जीवनकै अविस्मरणीय संयोग बनेको छ। दैनिक उपभोग्य वस्तुका रूपमा किनेको तोरीको तेलले उनलाई एकैपटक...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना