काठमाडौं। चालू आर्थिक वर्ष २०८२/०८३ को सात महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ३९.८ प्रतिशतले वृद्धि भएको छ।
माघसम्म कूल १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.५ प्रतिशत बढेको थियो।
माघ महिनामा विप्रेषण आप्रवाह एक ९८ अर्ब आठ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब ३७ अर्ब ५० करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३ प्रतिशत वृद्धि भई आठ अर्ब ८६ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ५.५ प्रतिशत बढेको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ४५ हजार १५३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख २७ हजार ४२४ रहेको छ।


