२०८३ कार्तिक २१ गते शुक्रबार

नयाँ संसद भवन निर्माण अन्तिम चरणमा, वैकल्पिक हलबाट प्रतिनिधि सभा सञ्चालन हुने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २८
parliment

काठमाडौं। संघीय संसदका लागि सिंहदरबारभित्र निर्माण भइरहेको नयाँ संसद भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक तथा आयोजना निर्देशक रोशन श्रेष्ठका अनुसार भवनको अधिकांश काम सम्पन्न भइसकेको छ भने केही प्राविधिक काम बाँकी रहेकाले प्रतिनिधि सभाको मुख्य हल तत्काल सञ्चालन गर्न भने केही समय लाग्ने भएको छ।

श्रेष्ठका अनुसार प्रारम्भिक योजना अनुसार प्रतिनिधि सभाको मुख्य हलमा हुने फल्स सिलिङको काम फागुन १४–१५ भित्र सम्पन्न गरी त्यसपछि कार्पेट बिछ्याउने, माइक तथा अडियो–भिडियो प्रणालीको केबलिङ गर्ने र आवश्यक फर्निचर जडान गर्ने तयारी गरिएको थियो। तर प्राविधिक जटिलता देखिएपछि उक्त काम सोचेअनुसार समयमा सम्पन्न हुन नसकेकोे बताए।

‘प्रतिनिधि सभाको मुख्य हलमा भइरहेको फल्स सिलिङको काममा केही प्राविधिक समस्या आयो। त्यसका कारण काम अपेक्षित गतिमा अघि बढ्न सकेन। त्यसैले मुख्य हल पूर्णरूपमा तयार हुन अझै करिब १०–१२ दिन लाग्ने देखिएको छ।’

मुख्य हल तयार हुन केही समय लाग्ने भएपछि तत्कालका लागि वैकल्पिक व्यवस्था गरिने भएको छ। श्रेष्ठका अनुसार नयाँ बनिरहेको संसद भवनभित्रकै अर्को हललाई अस्थायी रूपमा प्रतिनिधि सभाको बैठक सञ्चालन गर्न मिल्ने गरी तयारी गरिएको छ।

उनले भने, ‘हामीले अहिले त्यही भवनभित्रको अर्को हललाई प्रतिनिधि सभा सञ्चालन गर्न सक्नेगरी तयार पारेका छौं। करिब करिब सबै तयारी पूरा भइसकेको छ। अब दुई–तीन दिनभित्रै उक्त हल तयार भएर संसद सचिवालयलाई हस्तान्तरण गर्न सकिने अवस्थामा पुग्नेछ।’

यो वैकल्पिक हलमा प्रतिनिधि सभालाई आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार रहनेछन्। यहाँ नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम सञ्चालन गर्न सकिनेछ भने आवश्यक परे प्रतिनिधि सभाको बैठकसमेत सञ्चालन गर्न मिल्ने व्यवस्था गरिनेछ।

राष्ट्रिय सभाको बैठक भने सिंहदरबार परिसरकै कृषि समितिको पुरानो हलमा सञ्चालन गरिएको छ।

श्रेष्ठका अनुसार चैत १ गते संसद सचिवालयलाई हस्तान्तरण गर्ने भनिएको संरचना सम्पूर्ण संसद भवन भने होइन। ‘हामीले सम्पूर्ण भवन हस्तान्तरण गर्ने भनेका होइनौ। त्यो मितिमा प्रतिनिधिसभा सञ्चालन गर्न मिल्ने हल मात्र हस्तान्तरण गर्ने योजना हो।’

उनका अनुसार संसद भवन निर्माण कार्य अहिले तीव्र गतिमा अघि बढिरहेको छ। साइटमा दैनिक करिब ३८० देखि ४१० जनासम्म कामदार तीन शिफ्टमा २४ सै घण्टा काम गरिरहेका छन्। विभागका प्राविधिक कर्मचारीहरू समेत निरन्तर रूपमा साइटमा खटिएर कामको अनुगमन गरिरहेका छन्।

उनले अब डेढ महिनाभित्र सम्पूर्ण भवनको काम सम्पन्न हुने अनुमान रहेको जानकारी गराए।

श्रेष्ठले भने, ‘पछिल्लो दुई महिनामा निर्माण कार्य निकै तीव्र गतिमा अघि बढेको छ। प्राविधिक टोली र कामदारहरू तीन शिफ्टमा निरन्तर काम गरिरहेका छन्। यस हिसाबले अब करिब एकदेखि डेढ महिनाभित्र सम्पूर्ण भवनको काम सम्पन्न हुने हाम्रो अनुमान छ।’

नयाँ भवनबाटै संसद बैठक बस्ने, काम नसकिँदा अझै १० दिन कुर्नुपर्ने

संसद भवन निर्माणमा समय केही लम्बिनुका विभिन्न कारण रहेको उनले बताए। निर्माण सुरु हुनुअघि सो स्थानमा नेपाली सेनाको चण्डीदल गण तथा अर्को सैन्य युनिट रहेकाले उनीहरूलाई स्थानान्तरण गर्नुपर्ने अवस्था थियो। त्यसका लागि नयाँ स्थानमा आवश्यक संरचना निर्माण गरी सेनालाई व्यवस्थित रूपमा सार्न समय लागेको उनले बताए।

त्यसपछि सुरु भएको निर्माण कार्य कोभिड–१९ महामारीका कारण प्रभावित भएको थियो। महामारीका बेला लागू गरिएको लकडाउन तथा अन्य प्रतिबन्धका कारण निर्माण कार्य केही समय रोकिएको अवस्था रहेको श्रेष्ठले बताए।

त्यसैगरी संसद भवनमा प्रयोग हुने केही विशेष सामग्री विदेशबाट आयात गर्नुपर्ने भएकाले समयमै सामग्री उपलब्ध नहुँदा पनि काम प्रभावित भएको उनले उल्लेख गरे।‘विदेशबाट ल्याउनुपर्ने सामग्री समयमा नआउँदा कतिपय काम रोकिनुपर्ने अवस्था आयो र त्यो हाम्रो नियन्त्रण बाहिरको विषय पनि थियो।’

निर्माण अवधिभर विभिन्न राजनीतिक तथा सामाजिक आन्दोलनले पनि काममा असर पुर्याएको उनले बताए।

उनका अनुसार कुनै आन्दोलन एक–दुई दिन मात्र भए पनि त्यसको असर निर्माण कार्यमा झण्डै १०–१२ दिनसम्म पर्न सक्ने अवस्था हुने गरेको छ। यद्यपि समय लम्बिए पनि परियोजनाको लागत भने नबढ्ने उनले स्पष्ट पारे।

श्रेष्ठका अनुसार संसद भवनको सिभिल निर्माणतर्फ करिब पाँच अर्ब ५० देखि ६० करोड रुपैयाँ हाराहारी खर्च हुने अनुमान छ भने इन्टेरियर निर्माणका लागि थप २ अर्ब ३४ करोड रुपैयाँ लागत रहेको छ।

उनले भने,‘थप आर्थिक भार यसमा केही पनि पर्दैन। समयको हिसाबले अलिकति बढी समय लाग्न गयो तर हामीले जुन सुरुमा सम्झौता गरेको रकम छ। सम्झौता लागतमा बढ्दैन। सम्झौता लागत भित्रै निर्माण कार्य सम्पन्न हुन्छ। समय बढी लाग्यो भन्दैमा राज्यलाई थप आर्थिक व्यहोर्न पर्दैन। पाँच अर्ब ५० देखि ६० करोडको हाराहारी त्यसमा इन्टरियरको अर्को दुई अर्ब ३४ करोड रुपैयाँ हो यति हो यही लागत भित्र नै भवन सबै सम्पन्न हुन्छ।’

करिब १५० रोपनीभन्दा बढी क्षेत्रफलमा निर्माण भइरहेको नयाँ संसद भवन तयार भएपछि संघीय संसदका सम्पूर्ण गतिविधि यही नयाँ संरचनाबाट सञ्चालन हुनेछन्।

यसअघि संसद बैठक सञ्चालनका लागि प्रयोग हुँदै आएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भने मूलतः सम्मेलन र अन्य कार्यक्रमका लागि निर्माण गरिएको संरचना हो। संविधानसभाको निर्वाचनपछि सांसदहरूको संख्या बढेपछि अस्थायी रूपमा त्यही भवनलाई संसद बैठकका लागि प्रयोग गरिएको थियो। अब उक्त भवनलाई सम्मेलन केन्द्र कै हिसाबले अगाड़ी बढ़ाइने भएको छ।

अब नयाँ संसद भवन पूर्णरूपमा तयार भएपछि संसदका सबै गतिविधि सोही भवनबाट सञ्चालन हुने र संसदका लागि आवश्यक सम्पूर्ण पूर्वाधार एउटै परिसरभित्र उपलब्ध हुने बताइएको छ।

प्रकाशित: २०८२ फाल्गुण २८ गते बिहिबार ११:३४
प्रतिक्रिया

थप समाचार

४ खर्बको बूढीगण्डकीसहित साढे २४ खर्बका आयोजना सोकेश गरिँदै [सूची]

रकारले लगानीमैत्री वातावरण निर्माणका लागि ५९ वटा कानुनको मस्यौदा तयार पारेको छ।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

अयोध्या–जनकपुर रेल सञ्चालनको तयारी तीव्र, ट्रयाक परीक्षण गर्न भारतीय रेल जनकपुर आइपुग्यो

जनकपुर: भारतको अयोध्यादेखि जनकपुरधामसम्म रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ। विगत एक महिनादेखि रेल सञ्चालनका निम्ति नेपाल र भारतीय रेल विभागका कर्मचारीहरुले पटक पटक अनुगमन तथा छलफल...

तीन दर्जन पूर्वाधार परियोजनामा लगानी जुटाउन मंसिर २३ र २४ गते नेपाल पूर्वाधार सम्मेलन हुँदै

काठमाडौँः स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा करिब...

बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

काठमाडौँ: आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना