२०८३ कार्तिक २३ गते आईतबार

सञ्जिवनी लघुवित्त समस्याग्रस्त सूचीबाट हट्यो, नियमित कारोबारका लागि अनुमति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १९
New Project – 2026-04-02T104211.338

काठमाडौँः नेपाल राष्ट्र बैंकले सञ्जिवनी लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त संस्थाको सूचीबाट हटाएको छ। नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले सूचना प्रकाशित गर्दै संस्थालाई नियमित वित्तीय कारोबार गर्न स्वीकृति प्रदान गरिएको जनाएको छ।

सञ्जिवनी लघुवित्त वित्तीय संस्था साविकको सुपर लघुवित्त वित्तीय संस्था हो। यसको केन्द्रीय कार्यालय दाङको तुलसीपुरमा रहेको छ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख को खण्ड (क), (ख), (घ), (च) तथा (ञ) अनुसार समस्या देखिएपछि संस्थालाई २०७९ भदौ २२ मा समस्याग्रस्त घोषणा गरिएको थियो।

यसबीच बैंकले २०८२ चैत ५ गते निर्णय गर्दै संस्थालाई समस्याग्रस्त अवस्थाबाट फुकुवा गरेको छ।

ऋण दिँदा नक्काली ऋणी बनाएर अपचलन गरेको लगायतका आधारमा केन्द्रीय बैंकले लघुवित्तलाई समस्याग्रस्त घोषणा गरेको थियो। केन्द्रीय बैंकले गरेको समष्टिगत स्थलगत निरीक्षणबाट संस्थाको संचालक समितिका अध्यक्ष तथा सदस्यहरूले नक्कली ऋणी खडा गरेर कर्जा प्रवाह गरेको देखिएको थियो।

नेपाल राष्ट्र बैंकले २०७९ भदौ २२ गते लघुवित्तलाई समस्याग्रस्त घोषणा गरेर माघमा व्यवस्थापन नियन्त्रणमा लिएको थियो। २०८० भदौ मा राष्ट्र बैंकले सो लघुवित्तको व्यवस्थापन सम्हाल्नको लागि व्यवस्थापन समूहको संयोजक र सदस्य नियुक्त गरेको थियो । जसमा निर्मल कुमार कार्की संयोजक र सदस्यमा शेष नारायण पोखरेल चयन भएका थिए।

कार्की नेतृत्वको सो टिमले सफलतापूर्वक नेपाल राष्ट्र बैंकले दिएको जिम्मेवारी पुरा गरेको हो। लघुवित्तमा नयाँ लगानीकर्ताको प्रवेश भई नयाँ संचालक समिति पनि गठन भईसकेको छ। लघुवित्तले गत भदौ ६ गते ४ वटा आर्थिक वर्षको वार्षिक साधारण सभा एकै पटक सम्पन्न गरी संस्थालाई नियमित रुपमा सञ्चालन गर्ने प्रस्तावहरु पारित गरेको थियो ।

त्यसपछि राष्ट्र बैंकबाट सञ्जीवनी लघुवित्तको नाममा लघुवित्तलाई संचालन गर्नको लागि अनुमति लिएर पुस १५ गते लघुवित्तले विशेष साधारणसभा सपन्न गरेको थियो। सोहि साधारणसभाले नयाँ संचालक समिति पनि गठन गरेर कम्पनीको अध्यक्षको जिम्मेवारी रजित मास्केलाई दिएको थियो। नयाँ संचालकमा यशोधन पाण्डे, सुवाष कुँवर, अनन्तराज पन्त र विजय शर्मा रहेका छन् ।

प्रकाशित: २०८२ चैत १९ गते बिहिबार १०:४३
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना