काठमाडौँः नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन तथा सञ्चालनका लागि पुनः जनशक्ति माग गरेको छ। राष्ट्र बैंकले उक्त संस्थाको व्यवस्थापन तथा सञ्चालनका लागि एक जना संयोजक आवश्यक रहेको जनाएको हो।
व्यवस्थापन तथा सञ्चालनका लागि दुई सदस्यीय व्यवस्थापन समूह गठन गरिएको छ। यसअघि संयोजक रहेका रोशनकुमार अधिकारीले राजीनामा दिएपछि राष्ट्र बैंकले पुनः संयोजक पदका लागि आवेदन आह्वान गरेको हो। सदस्य पदमा भने प्रकाश घिमिरे कार्यरत रहेका छन्।
राष्ट्र बैंकले संयोजक पदका लागि इच्छुक तथा योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ। आवेदन दिने अन्तिम मिति आगामी वैशाख ९ गतेसम्म तोकिएको छ। आवेदन दिने व्यक्तिको उमेर आवेदनको अन्तिम दिनसम्ममा ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ।
व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्य, लेखा, तथ्याङ्क, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरी बैंकिङ क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव प्राप्त गरेका विज्ञहरूले आवेदन दिन सक्नेछन्। आवेदनका साथ शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र (उमेर नखुलेको भए उमेर खुल्ने अन्य कागजात), अनुभवसम्बन्धी प्रमाण तथा छनोट समितिले तोकेका अन्य आवश्यक कागजात संलग्न गर्नुपर्नेछ।
नेपाल शेयर मार्केट्स एण्ड फाइनान्सका पूर्वअध्यक्ष श्रेष्ठ बैंकिङ कसूरमा पक्राउ
राष्ट्र बैंकले दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको नामावली, कार्ययोजना प्रस्तुतीकरणको समयतालिका तथा अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरूको सूची र समयतालिका आफ्नो वेबसाइटमा प्रकाशन गर्नेछ। कार्ययोजना, प्रस्तुतीकरण र अन्तर्वार्ताको मूल्याङ्कनका आधारमा अन्तिम छनोट गरिनेछ।
छनोट भएका संयोजकको कार्यकाल १ वर्षको हुनेछ। आवश्यकता तथा कार्यसम्पादनको आधारमा ६÷६ महिनाका लागि अधिकतम दुई पटकसम्म सेवा अवधि थप गर्न सकिनेछ।
संयोजकलाई मासिक रु. १,२६,३०० (करसमेत) पारिश्रमिक प्रदान गरिनेछ। साथै, दशैं खर्चबापत एक महिनाको पारिश्रमिक बराबरको रकम उपलब्ध गराइनेछ। अन्य कुनै भत्ता प्रदान गरिने छैन। साथै, वार्षिक अधिकतम १२ दिनसम्म भैपरी आउने बिदा उपलब्ध हुनेछ।
१४ वर्षको संकटपछि समाधानको मोडमा नेपाल शेयर मार्केट एण्ड फाइनान्स, मर्जर अन्तिम विकल्प
२०६८ देखि समस्याग्रस्त अवस्थामा रहेको नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेड अब मर्जरमार्फत समाधानको निर्णायक मोडमा पुगेको छ।
झण्डै १४ वर्षसम्म पुर्ववत अवस्थामा फर्कन नसकेको नेपाल सेयर मार्केटलाई बन्द गर्ने कि जोगाउने भन्ने बहसबीच नेपाल राष्ट्र बैंकले अहिले मर्जरलाई पहिलो र मुख्य रणनीतिका रूपमा अघि सारेको छ।


