काठमाडौं। मुलुकको शोधनान्तर स्थिति बढेर छ खर्ब ५८ अर्ब ३५ करोड रुपैयाँ बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति तीन खर्ब १० अर्ब ३७ करोड रुपैयाँ बचतमा रहेको थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब २९ करोड बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा चार अर्ब ६१ करोडले बचतमा रहेको छ।
समीक्षा अवधिमा चालू खाता पाँच खर्ब ५२ अर्ब ८५ करोड रुपैयाँ बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ९७ अर्ब ३ करोड रुपैयाँ बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ४६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ८८ करोडले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।


