२०८३ कार्तिक २१ गते शुक्रबार

अर्थमन्त्रालयमा धमाधम बजेट लेखनको कार्य हुँदै, प्रवेशमा कडाइ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २६
artha_mantralaya

काठमाडौँ: अर्थमन्त्रालयले धमाधम आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट लेखनको कार्य गरिरहेको छ। मन्त्रालय प्रवेशमा कडाइ गरेर बजेट छलफलसम्बन्धी कार्य चलिरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयमा यसअघि दुईतर्फबाट प्रवेश गर्न मिल्ने व्यवस्था रहेकोमा अहिले दक्षिणतर्फको ढोका बन्द गरेर उत्तरतर्फको ढोका मात्रै खुला गरिएको छ। सूचना टाँसेर उत्तरतर्फको मूलढोका प्रयोग गर्न सेवाग्राहीलाई आग्रह गरिएको छ। उत्तरतर्फको प्रवेश ढोकामा पनि सुरक्षाकर्मी खटाएर सुरक्षा व्यवस्था कडाइ गरिएको छ।

यसअघिका वर्षहरूमा पनि बजेट लेखनका क्रममा अर्थमन्त्रालयमा आवतजावतमा कडाइ गर्ने गरिएको थियो।

गत चैत २० गते अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट निर्माणका लागि चार अनुभवी सहसचिवहरू रहेको बजेट लेखन समिति गठन गरेका थिए।

समितिमा सहसचिवहरू डा सुमन दाहाल, डा धनीराम शर्मा, महेश भट्टराई र सेवन्तक पौडेल रहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनअगावै वाग्लेलाई अर्थमन्त्रीका रूपमा अघि सार्दै बजेट लेखन थाल्न भनेका थिए। गत फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले १८२ सिट जितेको थियो। तनहूँ १ बाट वाग्ले २१  हजार ८०९ मतान्तरले नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई पराजित गर्दै निर्वाचित भएका थिए।

सबै विषयगत मन्त्रालयले यही आफ्ना योजना तथा कार्यक्रम प्रस्ताव गरिसकेका छन्।

आगामी आवको बजेटका लागि राष्ट्रिय योजना आयोगले १८ खर्ब ९० अर्बको सिलिङ दिएको छ।

अर्थमन्त्री वाग्लेले जेठ १५ गते आगामी आवका लागि बजेट ल्याउने छन्।

प्रकाशित: २०८२ चैत २६ गते बिहिबार ०२:५२
प्रतिक्रिया

थप समाचार

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

धनुषाका गौरीशंकरले जिते १० लाख, १ लाख जित्ने १५ जनामा तपाईँ पनि पर्नुभयो कि? [सूची]

काठमाडौँ: धनुषाको नगराइन नगरपालिकाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा सामान्य खरिद जीवनकै अविस्मरणीय संयोग बनेको छ। दैनिक उपभोग्य वस्तुका रूपमा किनेको तोरीको तेलले उनलाई एकैपटक...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना