२०८३ कार्तिक २० गते बिहिबार

कुलेखानीमा पम्प जलाशय आयोजना बनाउदै प्राधिकरण,१०० मेगावाट बिजुली उत्पादन हुने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २८
Kulekhani-Gate-open

काठमाडौं। सरकार स्वामित्वको नेपाल विद्युत प्राधिकरणले पहिलो पटक नयाँ प्रविधिबाट बिजुली उत्पादन गर्ने भएको छ। नदी प्रवाही (रन अफ दि रिभर) अर्धजलासय र जलासय जलविद्युत आयोजना बनाएको विद्युत प्राधिकरणले अब पम्प स्टोरेज जलविद्युत आयोजना बनाउन लागेको हो।

पम्प जलासय आयोजनाको तयारी प्राधिकरणले केही वर्ष अघिबाट सुरु गरेको हो। विद्युत प्राधिकरणले पहिलो चरणमा कुलेखानी सिस्नेरी पम्प जलाशययुक्त जलविद्युत आयोजना बनाउन लागेको छ।

पम्प जलासय अयाोजना नेपालका लागि पहिलो नयाँ हो। १०० मेगावाट क्षमताको प्रस्तावित पम्प जलासय आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को काम अघि बढाएको छ। प्राधिकरणले राय सुझाव मागेको छ।

पम्प जलासय आयोजना मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको छ। इन्द्रसरोवरमा जम्मा भएको पानीलाई कुलेखानी खोलामा झारेर विद्युत उत्पादन गर्ने गरी कुलेखानी सिस्नेरी पम्प जलाशययुक्त जलविद्युत आयोजना निर्माणको प्रस्ताव गरिएको प्राधिकरणले जनाएको छ।

प्रस्तावित आयोजनाले ऊर्जाको उच्च माग रहेको समयमा दैनिक ६ देखि १० घण्टासम्म विद्युत उत्पादन गर्नेछ।

प्रस्तावित आयोजनाले विद्यमान इन्द्रसरोवरलाई माथिल्लो जलाशयको रुपमा प्रयोग गर्नेछ भने उक्त जलाशयको बाँधस्थलभन्दा करिव तीन किलोमिटर तल इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ राङचे नजिक कुलेखानी खोलामा ३६ मिटर अग्लो नयाँ बाँध निर्माण गरी तल्लो जलाशय निर्माणको प्रस्ताव प्राधिकरणले गरेको छ। उक्त जलाशयको भण्डारण क्षमता १५ लाख ४० हजार घनमिटर रहनेछ।

इन्द्रसरोवरको पानीलाई इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ कलंकी नजिकै इन्टेक निर्माण गरी करिव १.९ किलोमिटर लम्बाइको सुरुङमार्फत कुलेखानी खोलाको बायाँ किनारमा रहेको लित्पानेमा प्रस्तावित विद्युतगृहमा खसाइ बिजुली उत्पादन हुने भएको छ।

टेलरेसबाट निस्केको पानीलाई तल्लो जलाशयमा भण्डारण गरिनेछ। विद्युतको माग कम भएको समयमा तल्लो जलाशयमा भण्डारण भएको पानीलाई सोही सुरुङमार्फत पम्प गरी पुनः इन्द्रसरोवरमा तानिनेछ। इन्द्रसरोवर जलासयको पानी एक साथ दुई आयोजनामा प्रयोग गरिने भएको छ।

प्रस्तावित आयोजनाबाट विद्यमान इन्द्रसरोवरको भण्डारण क्षमतामा कुनै परिवर्तन नहुने प्राधिकरणले जानकारी दिएको छ। पूर्ण क्षमतामा दैनिक रुपमा आयोजना सञ्चालन हुँदा इन्द्रसरोवरको जलस्तरमा अधिकतम दुई मिटरसम्म थपघट हुनेछ।

तल्लो जलाशयको जलस्तरमा अधिकतम २३.५ मिटरसम्म थपघट हुनेछ। यस आयोजनाको विद्युतगृहमा प्रति युनिट ५० मेगावाट क्षमताका २ वटा टर्वाइनहरू जडानको प्रस्ताव गरिएको छ। आयोजनाको डिजाइन बहाव ६८.१२ घनमिटर प्रतिसेकेन्ड रहेको छ।

आयोजनाको मुख्य स्रोत इन्द्र सरोवर रहेको छ। त्यहीबाट निस्कने पानीलाई पुनः प्रयोग गर्दै अर्को आयोजना निर्माणको तयारी गरेको हो।

कुलेखानीमा बाँध बाँधेर १०६ मेगावाटसम्म बिजुली उत्पादन भइरहेको छ। पम्प जलासय सञ्चालनमा आएपछि कुलेखानीको जडित क्षमता पम्प जलासयसमेत गरी २०६ मेगावाट पुग्नेछ।

यो नेपालको हालसम्मको पहिलो र एक मात्र जलासय जलविद्युत आयोजना हो। कुलेखानीको पहिलो आयोजनाबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ मेगावाट बिजुली उत्पादन भइरहेको छ।

बाँध बाँधेर १०६ मेगावाटका ३ वटा जलाशययुक्त आयोजना सञ्चालन गरिरहेको प्राधिकरणले उक्त पानीलाई पम्पमार्फत माथि लिएर पुनः १०० मेगावाट विद्युत उत्पादन गर्ने तयारी गरेको हो।

पम्प स्टोरेज आयोजनाको क्षमता करिब यी तीनवटा आयोजनाकै बराबरी रहेको छ।

यसैगरी विद्युत प्राधिकरणले यसअघि रुपा बेगनास १५० मेगावाटको पम्प स्टोरेज आयोजना बनाउने योजना तयार पारेको छ। उक्त आयोजना अध्ययनकै चरणमा छ।

पम्प स्टोरेज आयोजनाको लागत जलाशययुक्त आयोजनाको भन्दा पनि महँगो पर्ने छ। पानीलाई पम्पमार्फत अग्लो स्थानमा लिएर जम्मा गर्नुपर्ने हुँदा यस्तो प्रकृतिका आयोजनाको लागत तुलनात्मक रूपमा बढी हुने गरेको छ। प्रयोग गरिएको पानीलाई पुनः जलासयमा फर्काउन थप ऊर्जाको आवश्यक्ता हुन्छ।

वर्षातमा आकासको पानी पनि जम्मा गरेर राख्न सकिने र हिउँदमा सोही पानीलाई विद्युत उत्पादनमा प्रयोग गरेर पुनः पम्पमार्फत जलाशयमै राख्ने गरिन्छ।

ऊर्जा सुरक्षा र सन्तुलन कायम गर्न सरकारले मिश्रित योजना अघि बढाएको छ। जलविद्युतका साथै सोलार प्रविधिलाई पनि अघि बढाएको छ।

हालसम्म मुलुकको विद्युत जडित क्षमता बढेर चार हजार मेगावाट पुगेको छ। चालू आर्थिक वर्षको नौ महिनामा प्रणालीमा पाँच सय मेगावाट बढी बिजुली थप भइसकेको छ। सरकारले चालू आर्थिक वर्षमा ९०० सय मेगावाट बिजुली थपेर जडित क्षमता ४५ सय मेगावाट पुर्याउने लक्ष्य लिएको छ।

सरकारले १० वर्षमा २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गरी भारत र बंगलादेशमा १५ हजार मेगावाट निर्यात गर्ने र बाँकी १३ हजार ५०० मेगावाट आन्तरिक खपत बढाउने योजना ल्याइसकेको छ।

 

 

प्रकाशित: २०८२ चैत २८ गते शनिवार ०८:२९
प्रतिक्रिया

थप समाचार

४ खर्बको बूढीगण्डकीसहित साढे २४ खर्बका आयोजना सोकेश गरिँदै [सूची]

रकारले लगानीमैत्री वातावरण निर्माणका लागि ५९ वटा कानुनको मस्यौदा तयार पारेको छ।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

अयोध्या–जनकपुर रेल सञ्चालनको तयारी तीव्र, ट्रयाक परीक्षण गर्न भारतीय रेल जनकपुर आइपुग्यो

जनकपुर: भारतको अयोध्यादेखि जनकपुरधामसम्म रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ। विगत एक महिनादेखि रेल सञ्चालनका निम्ति नेपाल र भारतीय रेल विभागका कर्मचारीहरुले पटक पटक अनुगमन तथा छलफल...

तीन दर्जन पूर्वाधार परियोजनामा लगानी जुटाउन मंसिर २३ र २४ गते नेपाल पूर्वाधार सम्मेलन हुँदै

काठमाडौँः स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा करिब...

बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

काठमाडौँ: आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
bank brokar
बैंकिङ

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना