२०८३ कार्तिक ११ गते मङ्गलबार

विद्युत हैन खेती, आईटी हैन पर्यटन

 |  कृष्ण रिमाल
Sanket

कृष्ण रिमाल

काठमाडौँ, बैशाख ४
krishna_rimal

गत वर्षको पुसतिर, काम विशेषले म वर्तमान अर्थमन्त्री स्वर्णिम वाग्लेको निवास पुगेको थिएँ। काम सकिएपछि उहाँले चिया प्रस्ताव गर्नुभयो। उहाँको सरल र स्पष्ट विचारको म प्रशंसक बनेँ। ‘अरू भन्नुस्’ भन्ने उहाँको थेगो जस्तै रहेछ। हल्का मुस्कानसहित मैले भूइँतहको समस्या  सुनाएँ– यसपालि पहाडमा पराल बिकेन।

विश्वको अर्थतन्त्र बुझेका व्यक्तित्वसँग यस्तो सामान्य के कुरा गरेको होला भन्ने धेरैलाई लाग्न सक्ला। उहाँले पनि उत्तिकै सादगीका साथ ‘हो र!’ भन्नुभयो। मैले अघि बढ्दै भनेँ – ‘स्वर्णिम सर, कुश्मा पुग्दा ख्याल गर्नुहोला, कुश्माको दक्षिणतर्फ पारिको गाउँ ज्ञादी मेरो घर हो। त्यहाँ मेरो उचाइभन्दा अग्लो भएर जेठोबुढो र एक्ले धान फल्छ। लामो र रसिलो हुनाले त्यहाँको परालको सधैँ उच्च माग हुन्थ्यो। कोरोना महामारीअघि गाउँ र छिमेकी गाउँहरूमा धेरै नै गाई र भैँसी फर्महरू खुलेका थिए। कोरोना कहरले आपूर्ति शृङ्खला बिगारिदियो। बैंकहरूले करिब दुई गुणा ब्याजदर वृद्धि गरे। जसको कारण दोहोरो मारमा परेका सबै सञ्चालकहरूले फर्महरू परल मूल्यमा विस्थापन गरे भने कतिपय कालो सूचीमा परे। असफलताको चोट भुल्न घरखेत गरेर डंकी मार्गबाट अमेरिका तथा युरोप पुगे। कहिलेकाहीँ सामाजिक सञ्जालमा देखिने तिनीहरू यता हुँदाभन्दा हृष्टपुष्ट देखिन्छन्। हाम्रा स्रोत साधनहरू यतिमाथि किन सस्ता भए सर ?’

मेरो कुरा सुनेर उहाँले भन्नुभयो, ‘म तपाईँको यो कुरा कतै कोट गर्छु।’

उहाँको निवासबाट निस्किँदा कोरियन राजदूतावासमा डिपेन्डेन्ट भिसा एप्लाई गर्न आफ्नो पालो पर्खेका नवविवाहिताहरूको लामो लाइन थियो।

हामीले दुई दशक पूरै शान्ति, अधिकार र संविधान भनेर सक्यौँ। मेरो उमेरका सबैको दुई दशक यति मात्रै सुनेर बित्यो। म अबको पुस्ताले सबै कुरा बिर्सेर विकासको अभियान सुरु गरोस् भन्ने चाहन्छु। तर सुशासन र भ्रष्टाचार भन्ने विषयमै मात्रै अल्झिने खतरा पनि छ। सुखी नेपाली समृद्ध नेपालको सफलताका मानकमा टेकेर असफलताका परिणामलाई अब विकासको नयाँ परिभाषामा बदल्नुपर्नेछ।

विकासलाई जरोबाटै बुझौँ भनेर मैले शब्दार्थ, नेपाली शब्द सागरमा विकासको अर्थ खोजेँ – पेज नं. १२२७, विकास –(सं, पुं) बढ्दै जानु, वृद्धि हुनु। परिवर्तन हुनु। फैलनु। फुल्नु आदि।

त्यस्तै, प्रा. नीलमणि ढुङ्गानाले तयार पार्नुभएको व्युत्पत्तिमूलक संस्कृत नेपाली शब्दकोशमा व्याख्या गरिएको रहेछ– पेज नं. ११०३ मा विकास –(पुं) विकसनम विपतृकास कस गतौ इति धातो भावे ३.३.१८ इति धञ्

१ – क्रमशः बढ्नु, वृद्धि हुनु, उन्नति हुनु, विस्तार फैलावट
२ – प्रदर्शन, प्रकाश
३ – एकान्त

शब्दको भावसँग मिल्नेगरी देशमा विकास हुन नसकेकोले अब विकासलाई शब्दकै मर्म अनुकूल हुने गरी गरिनुपर्छ। वर्तमान समयमा विकासका आधार मानिएका चार आधारको वरिपरि रहेर लेख थप विस्तार गर्दछु। खेती, बिजुली, आईटी र पर्यटनका आधारभूत र विशिष्ट क्षमता र तिनीहरूको प्रयोगबारे कुरा गरौँ।

हाम्रो देशको आजसम्मको दुर्भाग्य के हो भने सबै क्षेत्रको सबैभन्दा सतहमा रहेर जग अडाइदिएको तह नै सबैभन्दा बढी हेपिएको छ। कृषिमा कृषक, निर्माणमा कामदार, शिक्षामा शिक्षक, सूचना प्रविधिमा सेवाग्राही एवं पर्यटनमा भरिया र पथप्रदर्शक हेपिएका छन्। देशले अब विकासतर्फ अग्रसर हुने नै हो भने यिनै आधारभूत तहका नागरिकसँग माफी मागेर सम्मानको वातावरण तय गर्नुपर्छ।

वर्षायाममा देशभरका निजी तथा सरकारी आयोजनाबाट गरी ४०८६ मेगावाट बिजुली उत्पादन गर्छन् भने हिउँदमा १७०० देखि १८०० सम्म हुने गरेको छ। हाम्रोमा विद्युत्को औसत माग २५०० मेगावाट जति रहन्छ, त्योभन्दा माथिको उत्पादन भारतमा, उसले चाहेको साधारण मूल्यमा बिक्री हुन्छ। उच्च हुँदाको अवस्थामा ४६५ युनिट प्रतिव्यक्ति खपत हुने गरेको वर्तमानमा यो खपत बढाउन सके त्यो तिन सित्तीमा बेचिने बिजुलीको देशभित्र नै महँगो प्रयोग गर्न सकिन्छ।

भारत जसको कुल जडित क्षमता ५ लाख २१ हजार मेगावाट छ र पनि भारतको प्रतिव्यक्ति खपत १२५० युनिट मात्र छ बरु भुटानमा ५००० युनिटभन्दा माथि छ। म यो कुरा किन गर्दै छु भने, विद्युत् खपत दरले त्यो देशका नागरिकको जीवनशैली कत्तिको प्रविधिमैत्री छ भन्ने जनाउँछ। मैले यो सन्दर्भ किन भन्दै छु भने प्रति मेगावाट २० करोडमा उत्पादन हुने विद्युत् हिउँदमा अचाक्ली महँगोमा किन्ने र वर्षामा तिन सित्तीमा बेच्नुभन्दा हामीले विकासको अर्को आधार खेतीलाई बनाउन जरुरी र विवेकपूर्ण छ।

सतहमा नल्याएका मात्र हुन्, अहिले अधिकांश विद्युत् आयोजनाहरूले वर्षाभरि कमाएको पैसा हिउँदभरि जरिवाना तिरिरहेका छन्। यसरी लगानीकर्ता पनि खासै लाभमा छैनन्, सामग्रीहरूबाट कमिसन प्राप्त हुन छोडेको दिन यो क्षेत्र लगानीकर्ताको आकर्षक क्षेत्र हुनेछैन। विद्युत् उत्पादनपछि बिक्रीको कुरा पनि उस्तो सजिलो छैन। अघिल्लो वर्ष चिनियाँ लगानीका आयोजनाको विद्युत् भारतले किन्न अस्वीकार गर्‍यो। अब घरजग्गा जस्तै नदी प्रवाहमा आधारित आयोजनाको कारण जलविद्युत् क्षेत्र पनि स्याचुरेटेड फेजमा पुगिसकेको छ, त्यसैले आफ्नो देशभित्रको न्यूनतम आवश्यकताबाहेक हाइड्रोको एकोहोरो रट लगाउन छोडौँ बरु त्यो लगानी कृषितर्फ आकर्षित गरौँ।

आधारभूत परम्परागत ज्ञान, ठूलो जनसङ्ख्यालाई एकै पटक प्रयोग गर्न मिल्ने तथा तुरुन्तै प्रतिफल दिने खेती क्षेत्र सधैँ उपेक्षामा छ। सरदरमा प्रत्येक तीन महिनामा एउटा बाली प्रणाली पूर्ण हुन्छ। एउटा विद्युत् आयोजना पूर्ण हुन औसतमा ५ वर्ष लाग्छ, यो अवधिमा हामीले २० वटा खेती प्रणाली पूरा गर्न सक्छौँ भने त्यस्तो ठूलो लगानीको पनि आवश्यकता हुँदैन। हामीले आयात गरेर जीविका गरेको कृषिको मूल्य ४ खर्ब आसपासको छ। भात र रक्सी (चामल र कनिका बराबर आयात हुने र कनिका रक्सी बनाउन प्रयोग हुने रहेछ) बराबर खाने आँकडा चामल र कनिका आयातको तथ्याङ्कले प्रष्ट पार्छ।

हामीले अहिले निर्यात गरेका तेलहन, दलहन र काँचो छाला तथ्याङ्कमा देखिए पनि हाम्रा आफ्ना उत्पादन होइनन्, यसले पनि सम्भावित र वर्तमान बजारको विराटता प्रदर्शित गर्छ। बाँझो जमिनमा अब सामूहिक पशुपालनको अभियानसहित सरकार हिमाल, पहाड र तराई क्षेत्रमा साधारण बचतको निश्चितता मात्रै बनाइदिए पनि मान्छेहरू लाभ लिन आज नै तयार भएको देख्दै छु म। तुलनात्मक लाभ कम भए पनि आधारभूत रूपमा आधार तय गर्नमा खेतीले वर्तमानमा ठूलो भूमिका स्पष्टसँग निर्वाह गर्न सक्छ।

बौद्धिक जाँचको औसत मान हाम्रो ४२ अङ्क हो, जसले हाम्रो समाजका सबै पक्षहरू कति कमजोर छन् भन्ने कुराको निर्धारण गर्छ। यति साधारण ज्ञान र ज्ञानको तह लिएर हामीले अहिले संसारले अभ्यास गरिरहेको प्रविधि फड्कोमा साधारण जँघार पनि तर्न सक्दैनौँ। उनीहरूले छोडेका वा गर्न नभ्याएका साधारण असाइनमेन्ट, वेब डिजाइनिङ, कोडिङ र च्याटबक्स जस्ता खुद्रा कुराहरू नै हामीलाई अवसर जस्तो लागेको आईटी क्षेत्र चाहिँ सम्भावनाको क्षेत्र भएर पनि दीर्घकालीन र दिगो आधार भने होइन जस्तो लाग्छ। यसै पनि हामीसँग आइपुग्दा सबै प्राविधिक कुरा एक्सपायर भइसकेका हुन्छन्। अथवा हामीले एउटा कुरा सिकिनसक्दै सूचना प्रविधिले अर्को फड्को मारिसकेको हुन्छ।

त्यसैले समयले सिर्जना गरि ल्याएको अवसरको क्षणिक र अवसर लाभलाई स्वीकारौँ तर योभन्दा श्रद्धा, सम्मान र सेवाद्वारा सिर्जना गरिएको पर्यटन उद्योग नै हाम्रो दिगो र विश्वसनीय तथा माटो सुहाउँदो आधार हो। डाटा सेन्टर स्थापनाको कुरा एउटा सानो हाइड्रो पावर सञ्चालन गर्न ५–६ वटा बैंकहरूले लगानी गर्नुपर्ने अवस्थाको आर्थिक क्षमता भएको अर्थतन्त्रमा सजिलो कुरा होइन। उसै पनि जलवायु परिवर्तनको सबैभन्दा पहिलो असर खेप्नुपर्ने मुलुक हो हाम्रो। ऊर्जाको स्तर र नियमित आपूर्तिका लागि हाम्रो भूगोल सजिलो छैन। चिसो देशको लागि ‘हट केक अपर्चुनिटी’ भनेर भनेजस्तो प्राविधिक रूपले सजिलो कुरा होइन। त्यसैले नकार्नै नसके तापनि तत्कालको लागि यस्ता कुरा हाइपोथेटिकल कुरा हुन्, चुच्चे रेल र पानीजहाज जस्तै।

अयं निजः परो वेति गणना लघुचेतसाम्।
उदारचरितानां तु वसुधैव कुटुम्बकम्।।

हाम्रो पूर्वीय दर्शन र जीवनको आधारभूत मान्यता यति व्यापक छ, यति सहृदयी छ, यसमा पूरै संसार अटेर पनि अलिकति ठाउँ अझै खाली नै रहन्छ। यसको अन्तर्राष्ट्रिय जगतमा चर्चा पनि छ भने हाम्रो क्षेत्र पनि यही नै हो, यसैलाई बनाऔँ।

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत्।।

यस्तो शालीन सभ्यतामा हुर्केका हामीले हाम्रै आफ्नै शैलीमा पूर्वाधार स्थापनामा मन लगाऔँ र संसारलाई मातृत्व र भ्रातृत्वको ज्ञानसहितको आत्मीयता बाँडौँ। संसारभरिका मान्छेलाई एक पटक पुग्नै पर्ने देशको रूपमा स्थापना गर्न सकिने हाम्रा सांस्कृतिक तथा प्राकृतिक वैभव संसारको कुनै पनि उच्च प्रविधिले स्थापना गर्न सक्दैन। खाली मौद्रिकीकरणको नजरियाबाट मात्र सबै क्षेत्रलाई नहेरौँ। आर्थिक लाभ र भौतिक सम्पन्नताले मात्र मानवीय सभ्यता यहाँसम्म आइपुगेको होइन। लाभहानिलाई पनि आदर्शपूर्ण बनाउन सकिन्छ। खासमा हामीले सधैँ अरूले नै तयार गरिदिएका वा भन्दिएका आधारहरूमा उभिएर हेर्न खोज्छौँ, यस्ता आधार महत्त्वपूर्ण मानिए पनि हाम्रै होइनन् जुन जतिबेला पनि विघटित हुन सक्छन्।

जरा जमिनमा नै जोडिनुपर्छ। हामीले तत्काल केही नयाँपनसहित विद्युद्भन्दा खेती र आईटी भन्दा पर्यटनमा अर्जन दृष्टि राखौँ। आफ्ना अनुकूलता र सम्भावनालाई सफलता र नतिजामा परिणत गरौँ। समयले जस्तोसुकै अवसर सिर्जना गरे पनि खाना र सम्मानमा प्रविधिले खुसी पार्न सक्दैन। देश बनाउनका लागि अरूका सापटी योजना उधारोमा नकिनौँ, बरु यसै ठिक छ।

प्रकाशित: २०८३ बैशाख ४ गते शुक्रबार ०४:२०
प्रतिक्रिया

थप समाचार

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...

नेप्सेलाई रणनीतिक साझेदार चाहिन्छ, ब्रोकरलाई पुँजीअनुसार सेवा

हामीले दूरसञ्चार क्षेत्रको विकासलाई पनि हेर्न सक्छौँ। उपयुक्त रणनीतिक साझेदारी र आधुनिक प्रविधिको प्रयोगले सेवा क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्छ।

उद्यमीहरूलाई ढुक्कसँग लगानी गर्न दिन सक्ने स्थिर नीति र वातावरण चाहिएको छ

निष्पक्ष र कानुनी प्रक्रियाबाट प्रमाण नहेरी कुनै उद्यमीलाई दोषी ठान्नु पनि हुँदैन। अनुसन्धान प्रमाणमा आधारित, व्यावसायिक र निष्पक्ष होस।पक्राउ र थुनालाई अनुसन्धानको विकल्प बनाउनु वा व्यवसायीमा...

‘सेयर बजारलाई खरिदबिक्रीमा मात्रै सीमित राख्न हुन्न, व्यापक सुधार आवश्यक छ’

बजारको बदलिँदो स्वरूपअनुसार कानुनी संरचना पनि समयानुकूल हुनुपर्छ।

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना