काठमाडौँ: अबदेखि सरकारी कर्मचारीहरूले अर्धमासिक रूपमा तलब पाउने भएका छन्। अर्थमन्त्रालयले शुक्रबार कर्मचारीहरूलाई १५/१५ दिनमा तलबभत्ता उपलब्ध गराउनेगरी मन्त्रीस्तरीय निर्णय गरेको हो।
उक्त निर्णय कार्यान्वयनका लागि मन्त्रालयले महालेखा नियन्त्रकको कार्यालयलाई परिपत्रसमेत गरिसकेको छ।
समयमै कर्मचारीको हातमा पैसा जाओस् र अर्थतन्त्र चलायमान होस् भन्ने उद्देश्यले मन्त्रालयले यस्तो निर्णय गरेको हो।

