काठमाडौँ- प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले १६औैँ विकास योजनामा नयाँ विकासको मोडल प्रस्तुत गर्ने बताएका छन्। विश्वासको मत लिनका लागि प्रतिनिधि सभामा संशोधन गर्दै दाहालले उक्त सो कुरा बताएका हुन्।
संविधानले समाजवादोन्मुख आर्थिक प्रणाली निर्माण गर्ने बताएपनि नेपालको नीति तथा कार्याक्रमहरुमा ठुलो विरोधाभास रहेको दाहालले बताए।
पूर्वाधार विकास मार्फत विकासको ढोका खोल्ने, उक्त सुविधा पुगेका ठाउँमा उद्योगहरु खुल्ने, कृषिको आधुनिकिकरण हुने र त्यसबाट समर्ग उत्पादन तथा रोजगारी विश्वास गरिएपनि नेपालमा त्यस्तो नभएको प्रधानमन्त्री दाहालको भनाइ छ। त्यस्ता सुविधा पुर्याएका गाउँहरु बसाईसराईका कारण रित्तिँदै गएको र खेतियोग्य जमिन बाझो हुँदै गएको र विदेशीहरु रोजगारीका लागि विदेशिनेक्रम नरोकिएको उनले बताए।
‘यस अवस्थाबाट पार पाउनका लागि विगतमा कार्यान्वयनमा रहेका नीति, योजना र कार्याक्रममा टालटुल गर्ने सुधार अव सम्भव छैन’, दाहालले भने’ क्रमभंग नै जरुरी छ भन्ने सरकारको विश्वास छ। त्यसैले १६ योजनामा सरकारको नयाँ विकास मोडल प्रस्तुत गर्ने तयारी रहेको छ।’
नयाँ आर्थिक वर्षको बजेटको आकार घट्ने प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको बजेटको आकार घटाउने संकेत समेत गरेका छन्। नयाँ बजेटमा खर्च कटौति र अधिकतम उपयोग हुने क्षेत्रमा बजेट विनियोजन गरिने समेत उनले बताए।
अत्यावश्यक बाहेक नयाँ आयोजनाहरु सुरु नगर्ने र अधिक प्रतिफल दिने आयोजना मात्रै अगाडि बढाउने सरकारको नीति हुने उनले बताए। यसैगरी उत्पादन र रोजगारीका क्षेत्रमा केही नयाँ कार्यक्रमहरू अगाडि सारिने समेत दाहालले उदघोष गरेका छन्।
पुँजीगत खर्च कम हुने, सम्पन्न भएका कामहरुको पनि गुणस्तर न्युन हुने रोग निवारणका लागि आगामी आर्थिक वर्ष संरचनागत र प्रणालीगत सुधार गरिने उनले बताए। ‘यस कदमबाट बजेटको आकार सानो भएपनि आगामी वर्ष पुँजी निर्माण र आर्थिक क्रियाकलाप वृद्धि गर्ने कार्यमा उल्लेखनीय प्रगति हुनेछ र त्यसपछिका आर्थिक वर्षहरुमा उच्च आर्थिक वृद्धिदरको आधार तयार हुने छ भन्ने हाम्रो विश्वास छ,’ दाहालले भने।
यस्तो छ प्रधानमन्त्रीको सम्बोधन


