काठमाडौँ: मुलुकको कुल उत्पादन बढेर ९९ खर्ब २२ अर्ब ९० करोड रुपैयाँ हुने प्रारम्भिक अनुमान गरिएको छ।
आर्थिक वर्ष २०८१/०८२ मा कुल उत्पादन ९३ खर्ब ८४ अर्ब ५० करोड रुपैयाँ रहने संशोधित अनुमान गरिएको छ।
आर्थिक वर्ष २०८०/०८१ को तथ्यांकअनुसार उक्त वर्षमा कुल उत्पादन ८७ खर्ब ८१ अर्ब २ करोड रुपैयाँ कायम गरिएको छ।
यस्तै कुल राष्ट्रिय बचत ४४.७७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/०८२ मा ३८.३९ प्रतिशत कुल राष्ट्रिय बचत हुने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८०/०८१ को तथ्यांकअनुसार उक्त वर्षमा ३५.६० प्रतिशत कुल राष्ट्रिय बचत भएको छ।


