काठमाडौँ: वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण (रेमिट्यान्स) को कूल ग्राहर्स्थ उत्पादन (जीडीपी) मा हिस्सा बढ्दै गएको छ।
चालू आर्थिक वर्ष २०८२/०८३ मा बढेर ३३.०२ प्रतिशत विप्रेषण प्राप्त हुने प्रारम्भिक अनुमान गरिएको छ।
आर्थिक वर्ष २०८१/०८३ मा २७.८० प्रतिशत विप्रेषण प्राप्त संशोधित अनुमान गरिएको छ।
आर्थिक वर्ष २०८०/०८१ को तथ्यांकअनुसार उक्त वर्ष २५.०९ प्रतिशत रेमिट्यान्स प्राप्त भएको थियो।डलरको सटही दरमा उच्च वृद्धि भए पनि प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय क्रमशः बढ्नुको कारण विप्रेषणको उच्च प्राप्ति भएको अनुमान राष्ट्रिय तथ्यांक कार्यालयको छ।


