काठमाडौँ: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम वैशाख २८ गते संघीय संसद्को संयुक्त बैठकमा पेस गर्ने भएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते दुवै सदनको संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ। उक्त निर्णयअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो २ बजे अधिवेशन आह्वान गरिसकेका छन्।
मन्त्रिपरिषद्को शुक्रबारको बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई सोही दिन राष्ट्रपतिसमक्ष संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई दिउँसो ४ बजे सम्बोधन हुन र त्यसका लागि संघीय सांसदहरूलाई पनि उपस्थिति आह्वान गर्न अनुरोध गर्ने निर्णय गरेको छ।
राष्ट्रपतिले बर्खे अधिवेशनमा सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने अभ्यासअनुसार सो दिन नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछन्।
नीति तथा कार्यक्रम संसद्मा छलफल भएर पास भएपछि अर्थमन्त्रीले जेठ १५ गते आगामी आवको बजेट ल्याउनेछन्।


