२०८३ कार्तिक २० गते बिहिबार

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र कमजोर, अवैध सेवाबारे सरकारी निकाय मौन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २६
photo-6_13be7350

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आधार शिविर क्षेत्रमा इन्टरनेट सेवा कमजोर र महंगो रहेको पर्यटकहरुले गुनासो गरेका छन् । आधार शिविरमा इन्टरनेट सेवा विस्तार भएपनि सेवा महंगो भएको प्रयोगकर्ताहरुको भनाइ छ ।

आधार शिविरमा पुग्ने स्वदेशी र विदेशी नागरिकले ताररहित इन्टरनेट सेवा २४ सै घण्टा चलाउन पाउँछन् । यतिबेला सगरमाथा आरोहणको सिजन भएकाले सो क्षेत्रमा पुगेका सबैले ताररहित इन्टरनेट सेवा प्रयोग गरिरहेका छन् ।

आधार शिविरिमा पुगेकाले चलाउने इन्टनरेट अत्याधिक मंहगो भएको एक्सपिटिसन कम्पनीका प्रतिनिधिहरुको समेत गुनासो छ । तर सेवा प्रदायक कम्पनीहरुले आधार शिविरमा सेवा दिन गाह्रो हुने भएको र सेवाग्राही पनि सिजनल हुने भएकाले मंहगो पर्ने गरेको बताउँछन् ।

आधार शिविरसम्म एभरेस्ट लिङ्क र एयर लिंक जस्ता नेपाली प्रदायकहरूको सेवा उपलब्ध छ । ५१ सय मिटरसम्म एनटीसी र एनसेलको टावर भएपनि सिजनमा काम गर्दैन । अफ सिजनमा सामान्य मात्र चल्छ ।

एयर लिंक कम्पनीका संचालक बुद्धि तामाङका अनुसार बेसक्याम्पमा आरोही जाने मौसम अर्थात क्याम्प बसेको बेला मात्रै इन्टरनेट दिनुपर्ने भएकाले पनि तुलनात्मक रूपमा लागत र प्रविधिका हिसावले केही महंगो पर्ने गरेको छ ।

‘दुई हजारदेखि २५ सय रुपैंयाँमा एक महिनाको इन्टरनेट प्याकेज दिइरहेका छौं । तर विदेशीहरुलाई केही मंहगो पर्नजान्छ, उनीहरुलाई खर्च गर्न पनि गार्हो छैन् ।

जटिल भूगोल र उच्च हिमाली क्षेत्रमा सेवा प्रदान गर्न सहज छैन् । इन्टरनेट सेवा राम्रो छ तर स्याटेलाइटमार्फत भइरहेको अनाधिकृत सेवाले हामीलाई असर पारेको छ । त्यसमा सरकारी चासो हुनुपर्यो, मिडियाले लेखिदिनुपर्यो,’ उनले भने ।

नेपाल टेलिकम, एनसेलजस्ता सेवा प्रदायकहरुले उच्च हिमाली क्षेत्रमा सेवा विस्तार नगरेका कारण पनि इन्टरनेट सेवा मंहगो पर्न गएको छ । नेपाल टेलिकमका सह प्रवक्ता प्रक्षेत थापा क्षेत्रीका अनुसार टेलिकमले सेवा विस्तारलाई तिब्र बनाएको छ ।

‘सगरमाथा क्षेत्रको दिङ्बोचेसम्म फोरजी, लिङ्बोचेदेखि गोरेछापसम्म टूजी सेवा विस्तार गरिसकेका छौं । फाइबर विस्तारका लागि धमाधम सामग्रीहरु धुवानी गरिरहेका छौं । चाँडै तिब्र गतिको इन्टरनेट सेवा विस्तार गर्ने योजना छ,’ उनले भने ।

तर हिमाली क्षेत्र वा सगरमाथा आधार शिविर क्षेत्रमा इन्टरनेट सेवा अनाधिकृत रूपमा प्रयोग भइरहेकाले नेपाली सेवा प्रदायकहरुलाई कठिनाइ भइरहेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले २०८२ साल २२ वैशाखमा सूचना जारी गर्दै अनाधिकृत रुपमा इन्टरनेट सेवा संचालनमा रहेको उल्लेख गरेको थियो।

प्राधिकरणले भनेको थियो,‘नेपालका केही स्थानहरू (अग्ला हिमालहरूका आधार शिविर क्षेत्रहरूमा) हिमाल आरोहण सञ्चालन गर्ने कम्पनीहरूले अनधिकृत रूपमा विदेशी दूरसञ्चार सेवाप्रदायक कम्पनीको स्याटेलाइट (भूउपग्रह) इन्टरनेट सेवा उपलब्ध गराउने गरेको र प्रयोग गर्ने गराउने गरेको भन्ने बुझिन आएको तथा उक्त कार्य दूरसञ्चार ऐन २०५३ को दफा २१ को प्रावधानविपरीत भएकाले यस्तो कार्य नगर्न नगराउन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

एयर लिंकका संचालक तामाङले दिएको जानकारी अनुसार सगरमाथा क्षेत्रमा करिब ५३ वटा स्याटेलाइट अनाधिकृत रुपमा प्रयोग भइरहेको छ । नेपाल दूर संचार प्राधिकरणका निर्देशक मीन प्रसाद अर्यालले सेवा मंहगो भएकोबारे आफूहरुले अध्ययन गरिएको बताए ।

उनले भने,‘प्राधिकरणले गुणस्तर मापदण्ड तोकेको हुन्छ, सो अनुसार सेवा प्रदान गर्नुपर्छ । भौगोलिक रुपमा कठिन भएकाले अनुगमनमा केही समस्या भइरहेको छ, हामी अध्ययनका क्रममा छौं । अवैध सेवा र शुल्क लिएको पाए कारवाही गर्छौं ।’

तर प्राधिकरणले केही बर्षअघि नै प्रमुख पर्यटकीय क्षेत्रमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने उद्देश्यसहित सञ्चालन गरिएको अभियान सगरमाथा र अन्नपूर्ण आधार शिविरसम्म विस्तार जनाएपनि त्यो प्रभावकारी देखिएको छैन् । प्राधिकरणले दुई पर्यटकीय केन्द्रमा निःशुल्क सेवा सुरु गरेको जनाएको थियो ।

यता, आधार शिविरभन्दा माथि नेपाली सेवा प्रदायकहरुले सेवा विस्तार गर्न नसकेपछि अनधिकृत रुपमा विदेशी प्रदायकहरुले सेवा दिइरहेका छन्। ति सबै अवैध छन् ।

अधिकांश आरोहीहरूले आधार शिविरभन्दा माथि उपलब्ध हुने इन्टरनेट स्याटलाइटमा आधारित रहेको बताए । तर त्यस्ता सेवा अनाधिकृत भएको र सरकारको निगरानी वा दायरामा भन्दा बाहिर रहेको पाइन्छ ।

कतिपय आरोहीहरु इन्टरनेटको पहुँचमा हुनुलाई सुरक्षित ठान्ने गरेका छन् । हराइयो वा दुर्घटनामा परियो भने सम्पर्क गर्न सजिलो हुने भएकाले पर्वतारोहण कम्पनीहरूले कसरी इन्टरनेटको व्यवस्था गर्छन् भन्नेसँग खासै चासो राख्ने गरेका छैनन् । तर नेपालीहरुले सेवा महंगो र कमजोर भएको बताउने गरेका छन् ।

प्रकाशित: २०८३ बैशाख २६ गते शनिवार १०:४९
प्रतिक्रिया

थप समाचार

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

एआईबाट बनेका फाइल अब जेमिनाईमै सम्पादन गर्न सकिने

काठमाडौं। प्रविधि कम्पनी गुगल इंकले आफ्नो एआई एप जेमिनाईमा च्याटभित्रै फाइल हेर्न र सम्पादन गर्न सकिने नयाँ सुविधा ल्याएको छ। यससँगै प्रयोगकर्ताले फाइल डाउनलोड वा अन्य एपमा निर्यात नगरी जेमिनाईभित्रै...

१७ इन्चको फोल्डेबल ट्याब्लेट बनाउँदै सामसङ

काठमाडौं। दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले १७ इन्चको फोल्डेबल ट्याब्लेट विकास गर्न थालेको खबर सार्वजनिक भएको छ। फोल्ड गर्दा ८ इन्चको आकारमा सीमित हुने यो उपकरण खुलाउँदा १७ इन्चको डिस्प्लेमा...

निर्माण क्षेत्रमा चीनले बढायो रोबोटको प्रयोग

काठमाडौं । चीनले पछिल्लो समय निर्माण क्षेत्रमा रोबोटको प्रयोग बढाउँदै लगेको छ । अग्ला–अग्ला भवनका सिसा सफा गर्नेदेखि निर्माणस्थलमा फलामका छड बाँध्नेसम्मका काममा रोबोट प्रयोग हुन थालेका...

एनपीएलका लागि नेपाल टेलिकमको ५९९ रुपैयाँको प्याकेज, दैनिक ८ जीबी डेटा

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना