काठमाडौँ: सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित भएको छ। सोमबार बिहान बसेको मन्त्रिपरिद् बैठकले सरकारले आजै ल्याउन लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको हो।
सोमबार दिउँसो ४ बजे आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गर्ने कार्यक्रम छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिले गर्ने संसदको दुवै सदनको संयुक्त बैठकको सम्बोधन स्वीकृत गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिबाट संवत् २०८३ साल वैशाख २८ गते ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्वोधन स्वीकृत गर्ने निर्णय गरिएको जानकारी दिए ।







