काठमाडौं। सरकार स्वदेशी तथा विदेशी लगानीलाई प्रोत्साहन गर्न करका दर घटाउने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कर घटाउने जानकारी दिएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीले वाचापत्रमा करका दरहरु घटाउने भनेको छ। सोही वाचाअनुसार सरकारले करका दर घटाउने घोषणा गरेको हो।
हाल न्यूनतम एकदेखि ३९ प्रतिशतसम्म व्यक्तिगत आयकरको सीमा रहेको छ। यस्तै २० देखि ३० प्रतिशतसम्म संस्थागत कर लाग्ने गरेको छ। करका दरहरु महंगो भएको गुनासो व्यवसायीहरुबाट आउने गरेको छ। दक्षिण एसियाली मुलुकहरु मध्ये सबैभन्दा बढी कर नेपालमा लाग्ने गरेको छ।


