काठमाडौं। सरकारले आगामी दशकमा ३० हजार मेगावाट बिजुली उत्पादन गर्ने महत्वकांक्षी योजना सार्वजनिक गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन्। उनले जलविद्युतमा लगानी बढाउन वन र वातावरणसम्बन्धित कानुन परिमार्जन गर्ने योजना रहेको जानकारी दिए।
यस्तै आयोजना बनाउँदा आवश्यक जग्गा खरिदका साटो स्थानीयलाई क्षतिपूर्ति भन्दा सेयर लगानी प्रोत्साहन गर्ने भएको छ। जलविद्युतमा लगानी बढाउन एकद्धार प्रणाली लागू गर्ने राष्ट्रपति पौडेलले जानकारी दिए। हाल नेपालमा जलविद्युतको जडित क्षमता ४१ सय मेगावाट रहेको छ।


