काठमाडौँः सरकारले रेमिट्यान्स (विप्रेषण) लाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न विप्रेषण मिलान कोष स्थापना गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन ।
रेमिट्यान्सलाई उपभोगबाट उत्पादनशील क्षेत्रतर्फको लगानीमा रूपान्तरण विप्रेषण मिलान कोष स्थापना गरिने उनले बताए ।


