काठमाडौँ: सरकारले बजेट विनियोजन हुनुअघि नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), वातावरणीय अनुमति र जग्गा प्राप्ति अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने व्यवस्था मिलाइने नीति लिएको छ।
सोमबार संघीय संसद्का दुवै सदनको बैठकलाई सम्बोधनमार्फत् सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी दिएका हुन्।
यसैगरी असारमा हुने बजेट खर्च रोक्ने नीति पनि सरकारले लिएको छ। साउनदेखि नै खरिद प्रक्रिया सुरु गर्ने ‘शून्य दिन खरिद नीति’ लागू गरी असारमा हुने खर्चको विकृति अन्त्य गरिने जानकारी दिए।
यस्तै ठूला खरिदहरूमा खुला सार्वजनिक खरिद नीति अपनाइने उनले बताए।
प्रकाशित: २०८३ बैशाख २८ गते सोमबार ०५:४२