२०८३ साउन २७ गते बुधबार

सुमेरु सहकारीका बचतकर्तालाई एक अर्ब २० करोड दिँदै, जग्गा बिक्रीका लागि बोलपत्र आब्हान

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ ७
sumeru_sevings

काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ललितपुरको धापाखेलमा रहेको सुमेरु सेभिङस एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका बचतकर्तालाई बचत रकम फिर्ता गर्न प्रक्रिया अघि बढाएको छ।

समितिको कार्यालयले प्याकेज बनाई धितो बेचेर बचतकर्ताको रकम फिर्ता गर्न लागेको हो। पहिलो प्याकेजअन्तर्गत कार्यालयले बचतकर्तासँग प्रस्ताव माग गरेको छ। यो प्याकेजको जग्गाको एकमुष्ठ मूल्य एक अर्ब २० करोड रुपैयाँ मूल्य तोकिएको छ।

सुमेरु सेभिङसको पूर्ण लगानी रहेको र संस्थाका सञ्चालक तथा कर्मचारीहरुको मात्र सेयर कायम रहेको सुमेरु मार्ट, सुमेरु अस्पताल (धापाखेल), सुमेरु सिटी अस्पताल (पुल्चोक), एसियन कलेज, शंकरापुर कलेज तथा सञ्चालकको नाममा रहेका सम्पत्तिसमेत राखी विभिन्न बैंकहरुबाट लिएको कर्जाको साँवा तथा ब्याज नियमित नगरी बैंकले लिलामीका लागि विभिन्न चरणका सूचना निकाली सकेको समितिले जनाएको छ।

यसरी लिलामी प्रक्रियामा मात्र जाँदा उचित मूल्य प्राप्त हुन नसक्ने बचतकर्ताहरुको सुझाव र बैंकसँगको समन्वयमा धितोको रूपमा रहेका सम्पत्तिहरुलाई बचतकर्ताहरुको पहुँचभित्र हुन सक्ने प्याकेज बनाई बैंकको किस्ता पनि घटाउँदै जाने र संस्थाका सम्पत्ति बचतकर्ताहरुले अधिक रुपमा आफ्नो बचतमा मिलान गर्न सक्ने विधि निर्माण गरी पहिलो चरणको लागि तयार गरिएको सम्पत्तिको प्याकेज प्रतिस्पर्धाका लागि बचतकर्ताहरुका बेच्ने प्रस्ताव गरेको कार्यालयले जनाएको छ।

समितिले सात दिनभित्र प्रस्ताव पेश गर्न समय दिएको छ।

पहिलो चरणमा बिक्री तथा व्यवस्थापन गर्न तयार गरिएको सम्पत्तिको प्याकेजमा ललितपुरको धापाखेल वडा नम्बर १ स्थित सुमेरु अस्पताल प्रालि र रमेश महर्जनको नाममा रहेको जग्गा लिलाम गरेर असूल गर्ने भएको छ।

प्रतिस्पधाको लागि बचतकर्ताहरुको तर्फबाट ७० प्रतिशत आफ्नो बचत व्यवस्थापन गर्ने र ३० प्रतिशत बैंक तथा अन्य साना बचतकर्ताको फिर्ताका लागि नगद जम्मा गर्ने गरी प्रस्तावित एकमुष्ट एक अर्ब २० करोड रुपैँया निर्धारण गरिएको छ।

ललितपुर महानगरपालिका वडा नम्बर ३ स्थित सुमेरु सिटी हस्पिटल प्रालिको नाममा वडान नम्बर १५ स्थित एशियन फाउण्डेसन प्रालिको नाममा रहेको जग्गा र ललितपुर महानगरपालिका वडा नम्बर १५ स्थित शंकरापुर एकेडेमी प्रालिको नाममा रहेको जग्गा र उक्त जग्गामा बनेको भवनसमेत लिलाम हुने भएको छ।

प्रस्तावसँगै धरौटी वापतको १० प्रतिशत रकम सबै पक्षका लागि अनिवार्य हुने व्यवस्था गरिएको छ। प्रस्ताव स्वीकृत भएको १५ दिनभित्र सबै कबोल रकम बुझाउनु पर्ने भएको छ।

समितिको कार्यालयले यसअघि चैत १६ मा पनि जग्गा बिक्री प्रक्रिया अघि बढाएको थियो। बिक्री नभएपछि पुनः लिलामीको प्रक्रिया सुरु गरिएको हो।

बागमती प्रदेश सरकारले २०८१ पुस २८ गते सुमेरु सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो।

साढे दुई दशकदेखि सञ्चालनमा रहेको सुमेरु सहकारीको ललितपुरको पु्ल्चोक, धापाखेल, भक्तपुरको गठ्ठाघर र काठमाडौं महानगरपालिकामा कालिमाटीमा शाखा रहेको छ। सुमेरु सहकारीका सञ्चालकहरूले बचतकर्ताको १० अर्ब ३४ करोड सात लाख ३९ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ।

सुमेरु सहकारी समस्याग्रस्त घोषणा हुनुअघि पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंहले बचतकर्ताको रकम फिर्ता गरी सहकारी सञ्चालन गर्ने योजना ल्याएका थिए। सिंहले २०८१ जेठमा सुमेरु सहकारी सञ्चालनको जिम्मेवारी लिने सहमति गरेका थिए। तर, उनले ल्याएको योजना अघि बढेन।

सुमेरु सहकारीका अध्यक्ष भरत महर्जनलाई ठगीको आरोपमा नेपाल प्रहरीले इन्टरपोलमार्फत रेड कर्नर नोटिससमेत जारी भएको छ। महर्जन अहिलेसम्म पक्राउ परेका छैनन्। भागेर विदेश गएका महर्जन हाल बेलायतमा छन्।

महर्जन २१ वर्षसम्म आफैँ अध्यक्ष थिए। त्यसपछि संस्थाकै कर्मचारी हेमराज दाहाललाई अध्यक्ष र विनोद आचार्यलाई सचिव बनाएर सञ्चालक समितिमा अन्य आफन्त ल्याएका थिए।

प्रकाशित: २०८३ जेठ ७ गते बिहिबार ०९:३९
प्रतिक्रिया

थप समाचार

कुमारी बैंकको नाफा ३०६ प्रतिशतले बढेर पुग्यो सात अर्ब ३८ करोड

काठमाडौँः कुमारी बैंकको गत आर्थिक वर्ष २०८२/०८३ मा खुदनाफामा उछाल आएको छ। गत आर्थिक वर्षमा बैंकको खुदनाफा ३०६ प्रतिशत बढेर ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ पुगेको छ। यो रकम अघिल्लो आर्थिक वर्ष...

मुगुको सीवाईसी लघुवित्तको सवा १ करोड हिनामिना, कर्मचारीले व्यक्तिगत खाताबाट झिकेको आरोप

काठमाडौँ: खत्याड गाउँपालिका–४ माथिचौरस्थित सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रचण्ड शाखामा कार्यरत कर्मचारीहरूले बचतकर्ताको नाममा कीर्ते कागजात तयार गरी करीब १ करोड ३० लाख...

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको उक्त विशेष योजनाअनुसार नाइमा अटो एक्सपोमा...

ठूला ऋणी नै समस्यामा परेपछि बैंकको कर्जा विस्तार संकटमा, लगानीयोग्य १४ खर्ब रकम थुप्रियो

साख मूल्यांकन गरिएका ऋणीमध्ये करिब ७७ प्रतिशत गैर–लगानीयोग्य श्रेणीमा पुगेका छन्। अर्थात्, इक्राबाट मूल्यांकन गरिएका ठूला तथा मध्यम ऋणीमध्ये करिब २३ प्रतिशत मात्र तुलनात्मक रूपमा लगानीयोग्य...
bc0f8481-ec15-4af1-998c-442cdfeab0c3
समाज

एलएलएम नतिजामा त्रुटि: ७७ प्रतिशत अनुत्तीर्ण, सबैमा पास भएका धेरै विद्यार्थी विधिशास्त्रमा फेल

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको कानुन संकायमा स्नातकोत्तर (एलएलएम) दोस्रो सेमेस्टरको नतिजामा त्रुटि भएको भन्दै विद्यार्थीहरूले पुनःपरीक्षणको माग गर्दै डीन कार्यालयमा निवेदन दिएका छन्।...
arun_subedi
विचार

नियामक निकायले बजारलाई ‘सहजीकरण’ गर्ने हो, ‘नियन्त्रण’ होइन

व्यावहारिक धरातलमा ओर्लिएर नीतिहरू नबनाएसम्म बैंकमा पैसा थुप्रिने तर जनताको हात खाली हुने क्रम जारी रहनेछ। उद्यमीको सम्मान, लगानीको सुरक्षा र करको सरलीकरण नै आजको अर्थतन्त्रको औषधि हो। पुँजीलाई...
norvic pix (2) (1)
शेयर बजार

बुकबिल्डिङबाट आईपीओ ल्याउन लागेको नर्भिक हस्पिटलले सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने

यही मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। लाभांश पारित गर्त हस्पिटलले आउँदो भदौ १५ मा वार्षिक साधारणसभा बोलाएको छ।
nrn_fund
उद्योग

एनआरएन डेभलपमेन्ट फन्डले पायो डलरमा आईपीओ ल्याउन अनुमति, ५० अर्ब लगानी आउने

सेबोनले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न इजाजत दिएको हो। फन्डमार्फत मुलुकको पूर्वाधार निर्माणमा गैरआवासिय नेपालीको...
mountain_mug
कर्पोरेट

माउन्टेनमग कफी स्कुलसँग स्वर्णिम अनुभवको साझेदारी

काठमाडौं। युवा उद्यमशीलता विकासका क्षेत्रमा सक्रिय रूपमा कार्यरत स्वर्णिम अनुभव प्रालिले माउन्टेनमग कफी स्कुल ललितपुरसँग साझेदारी गरेको छ। माउन्टेनमग कफी ब्रान्डद्वारा सञ्चालित उक्त...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना