काठमाडौँ: मन्त्रिपरिषद् बैठकबाट आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। मन्त्रिपरिषद् बैठक सकिएको छ।
संघीय संसद्अन्तर्गत संयुक्त सदनमा बेलुका ४ बजे आगामी आवको बजेट पेस हुँदैछ। सदनमा बजेट पेस हुनुअघि बजेट मन्त्रिपरिषद्मा पेस भएको हो।
यसपटक ब्रिफकेसमा बजेट बोक्ने प्रचलन तोडेर अर्थमन्त्री वाग्लेले कागजमा बेरिएको बजेट देखाएका छन्।
प्रकाशित: २०८३ जेठ १५ गते शुक्रबार ०३:५९