काठमाडौं: सरकारले लामो समयदेखि विवाद र अन्योलको विषय बन्दै आएको पुँजीगत लाभकरलाई अब अन्तिम करका रूपमा लागू गर्ने घोषणा गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गर्दै उक्त व्यवस्था सार्वजनिक गरेका हुन्।
सरकारको नयाँ घोषणासँगै धितोपत्र कारोबारबाट उठाइने पुँजीगत लाभकरलाई अन्तिम कर मानिनेछ। यसले लगानीकर्ता तथा पूँजी बजारसँग सम्बन्धित पक्षहरूलाई कर व्यवस्थामा स्पष्टता दिने अपेक्षा गरिएको छ।
बजेट भाषणका क्रममा अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखलामा देखिएको अस्थिरता, आन्तरिक उत्पादनमा आएको सुस्तता, उत्पादनशील क्षेत्रमा न्यून लगानी तथा सार्वजनिक संस्थाप्रतिको घट्दो विश्वास अहिलेका मुख्य चुनौती रहेको उल्लेख गरे। उनले यी चुनौती समाधान गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन सरकार प्रतिबद्ध रहेको बताए।


