काठमाडौँः सरकारले चालु आर्थिक वर्षभित्रै ‘सनसेट ल’ संसदमा पेश गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उक्त कानुन सदनमा लैजाने जानकारी दिएका हुन्।
सरकारले कानुन तथा नीतिगत सुधारलाई प्राथमिकतामा राख्दै ‘सनसेट ल’ कार्यान्वयनको तयारी अघि बढाएको जनाएको छ। यो कानुन लागू भएपछि निश्चित समयावधिपछि प्रभावहीन हुने कानुन तथा व्यवस्थाको पुनरावलोकन गर्ने व्यवस्था हुने अपेक्षा गरिएको छ।
अर्थमन्त्री वाग्लेले प्रशासनिक सुधार, सुशासन प्रवर्द्धन तथा नीतिगत स्पष्टताका लागि आवश्यक कानुनी संरचना निर्माणमा सरकार केन्द्रित रहेको पनि बताए।


