काठमाडौँ: आगामी आर्थिक वर्षको बजेटमानिजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न दिने घोषणा भएको छ।
शुक्रबार अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।
उनले भने, ‘निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न पाउने व्यवस्था मिलाउनेछौँ। प्रसारण लाइन बनाउने र ह्विलिङ चार्ज लिई विद्युत व्यापार गर्न सक्ने कानुनी व्यवस्था समेत मिलाउनेछौँ।’
जलविद्युत आयोजनाको अनुमति अवधिपछि आयोजनाको स्वामित्व नेपाल सरकारमा हस्तान्तरण हुँदा वनको जग्गा भोगाधिकार र रुख कटान बापतको शुल्क समायोजन गर्ने व्यवस्था मिलाउने घोषणा उनले गरे।
यस्तै ठूला तथा जलाशय युक्त आयोजनाको विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्न प्रवर्द्धकले शतप्रतिशत रकम जलाशय युक्त आयोजनामा लगानी गर्ने सुनिश्चित गरेमा पहिलो वर्ष नै ४० प्रतिशतसम्म सेयर सर्वसाधारणलाई बिक्री गर्न दिने नीति लिइने भएको छ।


