काठमाडौँ: सरकारले नेपाल टेलिकमको सेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल टेलिकममा संघीय सरकारको ६६ प्रतिशत सेयर कायम राखी बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने घोषणा गरे।
उनले बिक्रीबाट प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गर्ने जानकारी दिए।
सूचना प्रविधि सेवा क्षेत्र विस्तारका लागि विदेशमा लगानी खुला गर्ने प्रबन्ध गरिएको पनि उनले जानकारी दिए। नेपालमा बसेर विदेशी रोजगारदाताका लागि काम गर्न पाउने तथा रिमोट वर्कलाई आकर्षित गर्न स्पष्ट कानुनी प्रबन्ध मिलाउने घोषणा उनले गरे।


