काठमाडौँः सरकारले भौतिक पूर्वाधार तथा शहरी विकास क्षेत्रका लागि आगामी आर्थिक वर्ष २०८३/८४ मा २ खर्ब ८६ अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै सडक, पुल, शहरी पूर्वाधार तथा यातायात विकासलाई प्राथमिकतामा राखिएको बताएका हुन्।
विनियोजित बजेट सडक पूर्वाधार निर्माण, मर्मत तथा स्तरोन्नति, नयाँ सडक विस्तार, पुल निर्माण तथा रेलमार्ग र सुरुङमार्ग परियोजनाको अध्ययन एवं विकासमा खर्च गरिने जनाइएको छ।
सरकारले पूर्वाधार विकासमार्फत आर्थिक गतिविधि विस्तार, क्षेत्रीय पहुँच सुधार तथा रोजगारी सिर्जनामा टेवा पुग्ने अपेक्षा गरेको छ।


