काठमाडौँः सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने (अवार्ड पाएका) खेलाडीहरूलाई आजीवन निःशुल्क स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गर्दै खेलाडीहरूको योगदानको सम्मानस्वरूप यस्तो व्यवस्था गरिएको बताएका हुन्।
सरकारका अनुसार ओलम्पिक, एसियाली खेलकुद तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट सहभागी भएका खेलाडीहरूले दीर्घकालीन स्वास्थ्य सेवा सुविधा प्राप्त गर्नेछन्।
यस कार्यक्रमअन्तर्गत खेलाडीहरूको चोटपटक उपचार, नियमित स्वास्थ्य परीक्षण तथा आवश्यक औषधोपचार निःशुल्क वा सहुलियत दरमा उपलब्ध गराइनेछ।
बजेटमार्फत सरकारले खेलकुद पूर्वाधार विकास, प्रशिक्षण कार्यक्रम विस्तार तथा युवा खेल प्रतिभाको पहिचान र प्रोत्साहनलाई पनि प्राथमिकतामा राखेको जनाएको छ।


