काठमाडौँः सरकारले रात्रीकालीन सेवामा खटिने नर्स तथा स्वास्थ्यकर्मीहरूको भत्ता वृद्धि गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै राति काम गर्ने नर्सहरूको भत्ता दोब्बर बनाइने जानकारी दिएका हुन्।
त्यसैगरी, समुदायस्तरमा स्वास्थ्य सेवा प्रदान गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविकाको यातायात भत्ता ५० प्रतिशतले वृद्धि गरिएको पनि बजेटमा उल्लेख छ।
सरकारले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको मनोबल उच्च बनाउने, सेवा गुणस्तर सुधार गर्ने तथा ग्रामीण र दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्ने उद्देश्यले भत्ता वृद्धि गरिएको जनाएको छ।


