काठमाडौँः सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मोडालिटी आगामी ६ महिनाभित्र टुंगो लगाउने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गर्दै विमानस्थल निर्माण प्रक्रियालाई अघि बढाइने बताएका हुन्।
सरकारले परियोजनाको वित्तीय तथा सञ्चालन मोडालिटी तय गर्दै निर्माण कार्यलाई गति दिने लक्ष्य लिएको जनाएको छ।
यसैगरी, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन तथा व्यवस्थापनका लागि निजी क्षेत्रसँग सहकार्य गरिने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ।
सरकारले हवाई पूर्वाधार विस्तार, अन्तर्राष्ट्रिय हवाई सेवा प्रवर्द्धन तथा पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै यस्तो नीति अघि सारेको जनाएको छ।


