काठमाडौँः सरकारले सरकारी कर्मचारी तथा शिक्षकहरूको तलब २१ प्रतिशतले वृद्धि गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कर्मचारीको तलब वृद्धि गर्ने घोषणा गरेका हुन्।
शुक्रबार संसदमा प्रस्तुत बजेटमार्फत अर्थमन्त्री वाग्लेले चार वर्षपछि कर्मचारीको तलब समायोजन गरिएको जानकारी दिए। सरकारले तलब वृद्धि गरी कर्मचारी तथा शिक्षकको मनोबल बढाउने र कार्यक्षमता सुधार गर्ने उद्देश्य राखेको बताइएको छ।
बढेको तलब आगामी साउन १ देखि लागू हुने र कर्मचारीले भने भदौ महिनादेखि नयाँ दरअनुसार तलब प्राप्त गर्नेछन्।


