२०८३ कार्तिक २१ गते शुक्रबार

बजेटबारे पूर्वअर्थमन्त्रीहरू: कार्यान्वयन र ऋण निर्भरतामाथि  प्रश्न

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १५
New Project – 2026-05-29T195557.580

काठमाडौँ: सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमाथि पूर्वअर्थमन्त्रीहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। उनीहरूले शुक्रबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सार्वजनिक गरेको बजेटमा केही सकारात्मक संकेत देखिए पनि यसको कार्यान्वयन क्षमता, बढ्दो ऋण निर्भरता र राजश्व व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएका छन्।

पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटको राजश्व र खर्च व्यवस्थापनबीचको सन्तुलन विश्वसनीय नदेखिएको टिप्पणी गरेका छन्। एकातर्फ राजस्व बढाउने लक्ष्य राख्दै अर्कोतर्फ करका दर घटाउने नीति व्यवहारिक नदेखिएको उनको भनाइ छ। उनले अहिले राज्यले ठूलो रकम ऋणको ब्याजमै खर्च गर्नुपरेको अवस्थामा थप ऋण लिँदा अर्थतन्त्रमा दबाब बढ्ने बताए।

उनले बजेटमा धेरै क्षेत्रमा ठूलो खर्च विनियोजन गरिएको देखिए पनि कार्यान्वयन पक्ष कमजोर रहे परिणाम अपेक्षाअनुसार नआउने धारणा राखे। कर्मचारीको तलब वृद्धि र निजी क्षेत्रलाई केही सहुलियत दिने विषयलाई भने उनले सकारात्मक रूपमा हेरेका छन्।

पूर्वअर्थमन्त्री महेश आचार्यले भने बजेटले आर्थिक सुधारका एजेन्डालाई समेट्ने प्रयास गरेको बताएका छन्। लामो समयदेखि उठ्दै आएका नीतिगत तथा कानुनी सुधारका विषय बजेटमा समावेश हुनु सकारात्मक संकेत भएको उनको धारणा छ।

तर उनले सुधारका घोषणा मात्रै पर्याप्त नहुने भन्दै कार्यान्वयन सबैभन्दा महत्वपूर्ण पक्ष हुने उल्लेख गरे। सरकार र प्रशासनिक संयन्त्रले बजेटमा उल्लेख गरिएका योजना कसरी लागू गर्छन् भन्ने कुराले नै यसको सफलता निर्धारण गर्ने उनको भनाइ छ। बढ्दो ऋण निर्भरतालाई उनले चुनौतीपूर्ण र जोखिमपूर्ण अवस्थाका रूपमा व्याख्या गरेका छन्।

आचार्यले आर्थिक सुधारलाई सफल बनाउन राजनीतिक सहमति, निरन्तर अनुगमन र प्रभावकारी संवाद आवश्यक रहेको पनि बताएका छन्। सकारात्मक बहस र सहकार्यको वातावरण बने मात्रै सुधारको एजेन्डाले गति लिन सक्ने उनको अपेक्षा छ।

पूर्वअर्थमन्त्री वर्षमान पुनले भने बजेटको आकार नै अस्वाभाविक रूपमा बढाइएको टिप्पणी गरेका छन्। राष्ट्रिय योजना आयोगले तय गरेको सीमाभन्दा निकै ठूलो आकारमा बजेट ल्याइनु यथार्थपरक नभएको उनको दाबी छ।

उनले बजेटमा विभिन्न क्षेत्रलाई छुट, अनुदान र सहुलियत दिने नीति राखिए पनि त्यसलाई धान्ने आर्थिक आधार कमजोर रहेको बताए। वितरणमुखी कार्यक्रममार्फत लोकप्रियता हासिल गर्ने मनोविज्ञान बजेटमा देखिएको उनको टिप्पणी छ।

प्रकाशित: २०८३ जेठ १५ गते शुक्रबार ०८:००
प्रतिक्रिया

थप समाचार

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

धनुषाका गौरीशंकरले जिते १० लाख, १ लाख जित्ने १५ जनामा तपाईँ पनि पर्नुभयो कि? [सूची]

काठमाडौँ: धनुषाको नगराइन नगरपालिकाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा सामान्य खरिद जीवनकै अविस्मरणीय संयोग बनेको छ। दैनिक उपभोग्य वस्तुका रूपमा किनेको तोरीको तेलले उनलाई एकैपटक...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना