२०८३ साउन ११ गते सोमबार

‘राज्यको आम्दानी पारदर्शी बनाउन बिजुलीमा भ्याट लगाइयो’

 |  विराजभक्त श्रेष्ठ
Sanket

विराजभक्त श्रेष्ठ

काठमाडौँ, जेठ २२
biraj

धेरैको प्रश्न छ— विद्युत्मा किन भ्याट लगाइयो? यसलाई बुझ्दा हामीले केबल मूल्यवृद्धिको आँखाबाट मात्र हेर्नु हुँदैन। यो नेपाल विद्युत् प्राधिकरण र ऊर्जा क्षेत्रमा वित्तीय सुशासन कायम गर्ने एउटा महत्वपूर्ण प्रयास हो। अहिलेको नयाँ व्यवस्थाले ५० युनिटभन्दा कम खपत गर्ने करिब १६ लाख ग्राहकलाई कुनै ठूलो भार पर्ने छैन। ५० देखि १०० युनिटसम्म खपत गर्ने मध्यम वर्गका करिब २९ लाख ग्राहकहरूमा पनि यसको प्रभाव न्यूनतम रहने गरी हामीले नियमन आयोगमार्फत समायोजनको तयारी गरेका छौँ।

यसको मुख्य उद्देश्य करको दायरा विस्तार गर्नु र राज्यको आम्दानीलाई पारदर्शी बनाउनु हो। प्राधिकरणको आय–व्ययलाई राष्ट्रिय प्रणालीमा आवद्ध गर्दा भोलिका दिनमा पूर्वाधार विकासका लागि थप पुँजी जुटाउन सहज हुनेछ। यो निर्णय अचानक लिइएको होइन, यसले दीर्घकालीन रूपमा ऊर्जा क्षेत्रलाई व्यावसायिक र पारदर्शी बनाउन मद्दत गर्नेछ।

प्रसारण लाइनमा गोल्डेन युगको सुरुवात
हाम्रो उत्पादन बढ्दै छ। तर, उत्पादित बिजुली उपभोक्तासम्म पु¥याउन र निर्यात गर्न प्रसारण लाइन मुख्य बाधाका रूपमा रहेको छ। अब प्रसारण लाइन निर्माणमा हामी परम्परागत सरकारी मोडलमा मात्र सीमित रहन सक्दैनौँ। यसैकारण हामीले सार्वजनिक निजी साझेदारी खाका (पीपीपी मोडल), विशेषगरी ’वेस्ट सेती’ जस्ता आयोजनाहरूमा प्रयोग भएको मोडललाई अघि बढाउने सोच राखेका छौँ। मुलुकको प्रसारण प्रणालीमा सुनौलो युग (गोल्डेन एज) सुरु भएको छ।

विद्युत् व्यापारमा निजी क्षेत्रलाई पनि सहभागी गराउन हामीले कानुनमै आवश्यक संशोधनको तयारी गरेका छौँ। आगामी डेढ वर्षभित्र प्रसारण लाइनका धेरै समस्याहरू हल हुनेछन्। प्रसारण लाइन निर्माणलाई राष्ट्रिय प्राथमिकताका साथ अघि बढाउनु र यसमा हुने ढिलासुस्तीलाई अन्त्य गर्नु नै हाम्रो मुख्य प्राथमिकता हो।

बूढीगण्डकी र ठूला आयोजना
बूढीगण्डकी आयोजनाको विषयमा लामो समयदेखि चर्चा भइरहेको छ। केवल विद्युत् उत्पादनको दृष्टिकोणबाट मात्र हेर्दा यो आयोजना वित्तीय रूपमा चुनौतीपूर्ण देखिएको छ। त्यसैले, हामीले यसलाई एकीकृत विकासको अवधारणामा अघि बढाउने निर्णय गरेका छौँ।

अब बूढीगण्डकी केवल हाइड्रो प्रोजेक्ट मात्र हुने छैन। यो पर्यटन, जलविहार, मत्स्यपालन र सहरी विकासको एउटा नमुना हुनेछ। यसलाई प्राधिकरण मोडलमा लगेर अधिकारसम्पन्न बनाई बहुआयामिक बनाइनेछ। रणनीतिक रूपमा यो आयोजना पोखरा, चितवन र काठमाडौँ जस्ता प्रमुख सहरहरूको बीचमा रहेकाले यसले ऊर्जा सुरक्षामा मात्र होइन, आर्थिक गतिविधिमा पनि ठूलो योगदान दिनेछ।

विद्युत् व्यापार र अन्तर्राष्ट्रिय सम्बन्ध
नेपालले अहिले भारत र बङ्गलादेशसँग विद्युत् व्यापारका लागि ऐतिहासिक कदमहरू चालिरहेको छ। हाम्रो १३२ केभी र ४०० केभीका अन्तरदेशीय प्रसारण लाइनहरूले छिमेकी राष्ट्रहरूसँगको व्यापारलाई थप सहज बनाउनेछन्। तर, व्यापारसँगै हामीले आफ्नो राष्ट्रिय स्वार्थ र सीमा सुरक्षाका विषयमा पनि उत्तिकै सजग हुनुपर्छ।

सिँचाइः उत्पादन वृद्धिको मेरुदण्ड
ऊर्जाको चर्चा भइरहँदा सिँचाइ कता हरायो भन्ने प्रश्न पनि उठ्ने गर्छ। तर, यसपालिको बजेटले सिँचाइमा ठूलो ’ब्रेक थ्रु’ गरेको छ। भेरी–बबई डाइभर्सन र सुनकोशी–मरिन आयोजनालाई तीव्रता दिन तीन सिफ्टमा काम गर्ने व्यवस्था मिलाइएको छ। आगामी ३ वर्षभित्र यी आयोजनाहरू सम्पन्न गर्ने लक्ष्य छ।

यसका साथै, पुराना सिँचाइ प्रणालीहरूको मर्मत–सम्भारमा पनि हामीले ध्यान दिएका छौँ। चन्द्र नहर जस्ता सय वर्ष पुराना प्रणालीहरू, जसले अर्बौँको कृषि उत्पादनमा सहयोग पु¥याएका छन्, तिनीहरूको स्तरउन्नति गर्नु राज्यको सम्पत्ति रक्षा गर्नु हो। पानीलाई केबल वस्तुका रूपमा मात्र होइन, जीवनको आधारभूत तत्वका रूपमा विकास गर्न हामीले जलस्रोत विधेयकमा पनि नयाँ सोच अघि सारेका छौँ।

सहरी सौन्दर्य र भूमिगत वायरिङ
काठमाडौँ उपत्यकाको सौन्दर्यलाई कुरूप बनाइरहेका तारहरूलाई भूमिगत गर्ने काम अन्तिम चरणमा पुगेको छ। पहिलो चरणको ९६ प्रतिशत काम सम्पन्न भइसकेको छ। अब हामी सांस्कृतिक र पुरातात्विक क्षेत्रहरूमा विशेष ध्यान दिनेछौँ।

हाम्रा विश्व सम्पदा सूचीमा रहेका मन्दिर र क्षेत्रहरूमा जथाभावी टाँगिएका तार र ‘फ्लोरेसेन्ट’ लाइटहरूले मौलिकता हराइरहेको छ। हामीले प्राधिकरणलाई सम्पदा क्षेत्रमा कस्तो लाइटिङ हुनुपर्छ र कसरी तार व्यवस्थापन गर्नुपर्छ भन्ने विषयमा स्पष्ट निर्देशन दिएका छौँ। सहरलाई सफा र उज्यालो मात्र होइन, मौलिक पनि बनाउनु हाम्रो उद्देश्य हो।

अन्त्यमा, उर्जा क्षेत्रको विकास केबल मन्त्रालयको मात्र प्रयासले सम्भव छैन। यसमा निजी क्षेत्र, नागरिक समाज र सञ्चार जगतको सकारात्मक भूमिका आवश्यक छ। हामीले ‘विद्युत् विधेयक’ र ’जलस्रोत विधेयक’ मा व्यापक मन्थन गर्न खोजेका छौँ। पहिले जस्तो कर्मचारीले मात्र बनाएको कानुन होइन, सरोकारवालाहरूको सुझावसहितको कानुन बनाउन हामी प्रतिबद्ध छौँ।

हामीले लिएका कतिपय निर्णयहरू आजैका दिनमा कठिन लाग्न सक्छन्, तर यिनले भोलिको नेपाललाई समृद्ध बनाउने आधार तयार गर्नेछन्। उर्जामा आत्मनिर्भरता, सिँचाइबाट कृषिमा क्रान्ति र जलस्रोतको बहुआयामिक उपयोग नै हाम्रो बाटो हो। यस यात्रामा सबैको साथ र रचनात्मक आलोचनाको म सधैँ स्वागत गर्दछु।

प्रकाशित: २०८३ जेठ २२ गते शुक्रबार ०६:१२
प्रतिक्रिया

थप समाचार

‘सिङ्गो देश डिप्रेसनमा छ’

डिप्रेसनले राज गरेको मुलुकमा समाज सधैँ एउटा नायकको खोजीमा हुँदो रहेछ, तर कसैलाई लामो समय विश्वास गर्न नसकेर नायक बदलिरहँदो रहेछ। को

गीत ‘मास्टर्नी’ को पोस्टरको समाजशास्त्रीय विश्लेषणः समाज निर्माणको आधारमा प्रहार

शिक्षक समाजको एउटा महत्वपूर्ण खम्बा हो। शिक्षकले ज्ञान, सीप, मूल्य र मान्यताहरू नयाँ पुस्तामा हस्तान्तरण गर्दै समाजलाई सही दिशामा डोऱ्याउने कार्य गर्छ। त्यसैले, शिक्षकलाई मनोरञ्जनको पात्र...

नेपो डच डिजिज र रेमिटान्स मेन समाज !

ल्हासातिर ऊन बेचेर सुन भित्र्याइने नेपालले आफ्ना स्रोत त्यति नै बेलादेखि नै नचिनेर होला, पहाडतिरका बलिया र सग्ला पाखुराहरू लाहुरे बन्ने तोडमोडमा कसैले थर फेरे, कसैले घर फेरे; जसरी हुन्छ लाहुरे...

‘व्यक्तिगत ग्यारेन्टी हट्नु सम्पत्तिमा आधारित अर्थतन्त्रबाट उत्पादनमा लैजाने कदम’

नेपालमा बैंक तथा वित्तीय संस्थाले व्यवसायिक कर्जा प्रवाह गर्दा व्यवसायीको व्यक्तिगत जमानी (पर्सनल ग्यारेन्टी) अनिवार्य रूपमा लिने प्रचलन लामो समयदेखि रहेको छ। अहिले यो व्यवस्था हटाउने विषयमा...

‘जलविद्युतमा लगानी पुनसंरचना गरेर सेयर प्राइस डिस्कभरी मेकानिज्ममा जानुपर्छ’

सुरुवाती दिनदेखि जोखिम मोल्ने प्रवर्द्धकको सेयर मूल्य र सबै जोखिम न्यूनीकरण भइसकेपछि आउने लगानीकर्ताको सेयर मूल्य बराबरी हुनु वैज्ञानिक देखिँदैन। त्यसैले, प्रवर्द्धकको मेहनत, विज्ञता र...
sebon adakshya
शेयर बजार

सेबोनमा अड्किए १०४ कम्पनीका आईपीओ, छैन अनुमति दिने छाँटकाँट

हाल विभिन्न क्षेत्रका १०४ वटा कम्पनी आईपीओ निष्कासनको स्वीकृतिको प्रतीक्षामा छन्। पाइपलाइनमा रहेका कतिपय कम्पनीले तीन वर्षभन्दा लामो समयदेखि अनुमति पाउन सकेका छैनन्।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना