२०८३ कार्तिक २१ गते शुक्रबार

बजेट महत्वाकांक्षी र धनी वर्गलाई पोस्ने खालको छ, आर्थिक वृद्धि लक्ष्य पूरा हुँदैनः पूर्वअर्थमन्त्री महत

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २७
prakash_mahat

काठमाडौं। पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट अत्यन्त महत्वाकांक्षी भएको र यसले तल्लो तथा मध्यम वर्गलाई भन्दा धनी वर्गलाई पोस्ने नीति लिएको टिप्पणी गरेका छन्।

मंगलबार नेपाल उद्योग व्यापार महासंघले आयोजना गरेको बजेट समीक्षा कार्यक्रममा बोल्दै डा. महतले बजेटको आकार, राजस्वका लक्ष्य र आर्थिक वृद्धिको प्रक्षेपण यथार्थपरक नभएको दाबी गरे। अहिलेकै अवस्थामा बजेटले निर्धारण गरेको ७ प्रतिशतको आर्थिक वृद्धिदर र १५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य हासिल हुन नसक्ने उनको ठोकुवा छ।

राष्ट्रिय योजना आयोगले दिएको सीमाभन्दा करिब डेढ खर्ब बढी अर्थात् २१ खर्ब २४ अर्बको बजेट ल्याइनु नै यसको मुख्य कमजोरी भएको डा. महतको दावी छ।

‘यति ठूलो बजेट ल्याएपछि स्रोत पनि त्यही अनुपातमा देखाउनुपर्ने बाध्यता हुन्छ। न राजस्व त्यति उठ्छ, न वैदेशिक अनुदान र ऋण नै आउँछ,’ उनले भने, ‘यसले गर्दा सरकार आन्तरिक ऋणमा निर्भर हुनुपर्नेछ। आन्तरिक ऋण भनेको बैंकिङ क्षेत्रको तरलता तान्ने हो, जसको ठूलो हिस्सा पुरानो ऋणको साँवा–ब्याज तिर्नमै खर्च हुन्छ।’

उनले पुँजीगत खर्च प्रभावकारी नभएको र निजी क्षेत्रमा उत्साह नदेखिएकाले आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने स्पष्ट पारे। यद्यपि, बजारमा माग कम भएकाले ६ प्रतिशतमा मूल्यवृद्धि सीमित राख्ने लक्ष्य भने पूरा हुन सक्ने उनले बताए।

बजेटले ‘ट्रिकल डाउन’ (माथिबाट चुहिएर तल पुग्ने) सिद्धान्त अपनाएको भन्दै उनले कडा आलोचना गरे।

अमेरिकामा कन्जरभेटिभ (डोनाल्ड ट्रम्प) प्रशासनले जस्तै धनीहरूलाई कर छुट दिएपछि उनीहरूले लगानी गर्ने र त्यसबाट तल्लो वर्गलाई फाइदा पुग्छ भन्ने मान्यतामा यो बजेट आधारित रहेको उनको विश्लेषण छ।

‘ठूला व्यापारिक घरना र आयातमा छुट दिइएको छ, तर सामान्य नागरिकले प्रयोग गर्ने बिजुली, सार्वजनिक यातायात, शिक्षा र स्वास्थ्य सेवामा कर बढाइएको छ,’ डा। महतले भने, ‘राज्यले सार्वजनिक शिक्षा र स्वास्थ्यको गुणस्तर बढाउन नसक्ने, अनि बाध्य भएर निजीमा जाने सर्वसाधारणलाई करको भारी बोकाउने नीतिले सन्तुलन गुमाएको छ।’

बजेटमार्फत सरकारले अदालतमा मुद्दा विचारधीन रहेका व्यवसायीलाई सावाँ मात्र तिरेर ब्याज र जरिवाना मिनाहा गर्ने सुविधा दिएकोमा पनि उनले सुशासनको प्रश्न उठाए।

भ्याट भनेको व्यवसायीको नाफामा लाग्ने कर नभई उपभोक्ताबाट राज्यलाई बुझाउन उठाइएको कर भएको स्मरण गराउँदै डा. महतले भने, ‘उपभोक्ताबाट उठाएको पैसा राज्यलाई नबुझाई वर्षौंसम्म राख्नेलाई अहिले सावाँ मात्र तिरे पुग्ने छुट दिनुले कर छलीलाई नै प्रोत्साहन गर्छ। यो सुशासनको दृष्टिकोणले निकै आपत्तिजनक छ।’

स्वदेशी कृषिको विकासका लागि बजेट मौन रहेको भन्दै उनले असन्तुष्टि जनाए। भारत र चीनबाट आउने अत्यधिक अनुदान प्राप्त सस्तो कृषि उपजसँग नेपाली किसानले प्रतिस्पर्धा गर्न नसक्ने उनको भनाइ छ।

‘जबसम्म आयातित कृषि वस्तुमा भन्सार दर बढाएर स्वदेशी उत्पादनलाई ’उत्पादन देखाऊ, अनुदान लैजाऊ’ भन्ने नीति ल्याइँदैन, तबसम्म आधुनिक कृषिमा कसैले लगानी गर्दैन,’ महतले भने।

त्यसैगरी, सरकार आफैंले उद्योग चलाउन नहुनेमा उनले जोड दिए। हेटौंडा कपडा कारखाना वा गोरखकाली रबर उद्योग जस्ता बन्द सरकारी उद्योग आफैं चलाउने सरकारको सोच गलत भएको भन्दै उनले जग्गा र भौतिक सम्पत्ति सरकारकै स्वामित्वमा राखेर सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने सुझाव दिए। साथै, नेपाल एयरलाइन्सको हकमा पनि तत्काल सम्पत्ति र दायित्व मूल्यांकन गरी रणनीतिक साझेदार भित्र्याउनुपर्ने उनको भनाइ थियो।

नेपाली कांग्रेस लोकतान्त्रिक समाजवादमा विश्वास गर्ने भन्दै उनले पूर्वाधार र अत्यावश्यक सेवामा राज्यले लगानी गर्ने तथा उत्पादनमा निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाउने सन्तुलित मोडलबाट मात्र देशको विकास सम्भव हुने बताए।

 

प्रकाशित: २०८३ जेठ २७ गते बुधबार ०७:४४
प्रतिक्रिया

थप समाचार

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

धनुषाका गौरीशंकरले जिते १० लाख, १ लाख जित्ने १५ जनामा तपाईँ पनि पर्नुभयो कि? [सूची]

काठमाडौँ: धनुषाको नगराइन नगरपालिकाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा सामान्य खरिद जीवनकै अविस्मरणीय संयोग बनेको छ। दैनिक उपभोग्य वस्तुका रूपमा किनेको तोरीको तेलले उनलाई एकैपटक...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना