२०८३ कार्तिक २१ गते शुक्रबार

रसुवा भन्सारका १३ कर्मचारी निलम्बित, मुस्ताङमा जाँचपास प्रक्रिया नियमसम्मत रहेको दाबी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ६
custom

काठमाडौं। भन्सार विभागले रसुवा भन्सार कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीलाई निलम्बन गर्दै विभागीय कारबाही प्रक्रिया अघि बढाएको छ।

विभागले जारी गरेको प्रेस विज्ञप्तिअनुसा कानूनी प्रक्रिया पालना नगरी जाँचपास गरेको देखिएपछि तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीलाई निलम्बन गर्दै विभागीय कारबाही प्रक्रिया अघि बढाइएको हो।

यसैगरी, घटनामा संलग्न रहेको आरोप लागेका सवारी साधन आयातकर्ता कम्पनीहरू लक्ष्मी ई—मोबिलिटी प्रालि, सिमेक्स इंक प्रालि, सिजी मोटर्स प्रालि, पूजा इन्टरनेशनल नेपाल प्रालि र पूजा कन्स्ट्रक्सन नेपाल प्रालिलगायतका व्यवसायी तथा एजेन्ट नम्बर २४८, ८३३ र ४७८ सहितका भन्सार जाँचपास प्रतिनिधिलाई प्रचलित भन्सार कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउन रसुवा भन्सार कार्यालयलाई निर्देशन दिइएको विभागले जनाएको छ।

विद्युतीय सवारी साधन (ईभी) आयात तथा भन्सार जाँचपास प्रक्रियाबारे सार्वजनिक रूपमा प्रश्न उठेपछि गरिएको छानबिनमा रसुवा भन्सार कार्यालयमा गम्भीर प्रक्रियागत कमजोरी भेटिएको छ भने मुस्ताङ भन्सार कार्यालयको जाँचपास प्रक्रिया नियमअनुसार भएको निष्कर्ष निकालिएको छ।

विभागका अनुसार अर्थ मन्त्रालयको निर्देशनपछि रसुवा र मुस्ताङ भन्सार कार्यालयबाट भएको विद्युतीय सवारी साधनको जाँचपास सम्बन्धमा छुट्टाछुट्टै अनुगमन टोली गठन गरी अध्ययन गरिएको थियो।

रसुवाका लागि विभागका निर्देशकको नेतृत्वमा जेठ १७ गते र मुस्ताङका लागि विभागका निर्देशकको नेतृत्वमा अर्थ मन्त्रालय, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि सम्मिलित टोली जेठ २१ गते खटाइएको थियो।

अनुगमन टोलीको प्रतिवेदनअनुसार मुस्ताङ भन्सार कार्यालयबाट जेठ १२ र १३ गते घोषणा गरिएका ६४९ वटा विद्युतीय सवारी साधन नौ वटा प्रज्ञापनपत्रमार्फत जाँचपास प्रक्रियामा प्रवेश गरेका थिए।

आधिकारिक अभिलेख तथा सीसीटीभी फुटेजको विस्तृत अध्ययनपछि ती सबै सवारी साधन जेठ १४ गतेभित्र नेपाल प्रवेश गरिसकेको र सोही अवधिमा नियमानुसार जाँचपास सम्पन्न भएको निष्कर्ष निकालिएको विभागले जनाएको छ। रसुवा भन्सार कार्यालयको हकमा भने कर्मचारीहरूले आवश्यक सावधानी र पदीय जिम्मेवारी पूरा नगरेको पाइएको छ।

अनुगमन टोलीले प्रज्ञापनपत्र तथा कार्यालय अभिलेखको स्थलगत अध्ययन गर्दा केही विद्युतीय सवारी साधन भन्सार क्षेत्रमा भौतिक रूपमा आइपुग्नुअघि नै कागजातका आधारमा जाँचपास गरिएको फेला पारेको जनाएको छ। विभागका अनुसार घटनाको थप अनुसन्धान र कानुनी प्रक्रिया जारी रहेको छ।

प्रकाशित: २०८३ असार ६ गते शनिवार ०९:३१
प्रतिक्रिया

थप समाचार

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...

ईभीमा प्राइसवारको असरः बीवाईडीको आम्दानी अनुमानभन्दा कम, नाफा १.५ अर्ब डलर

एजेन्सी। चिनियाँ विद्युतीय सवारी साधन (ईभी) निर्माता बीवाईडी अटोमोटिभ कम्पनीले अपेक्षाभन्दा कमजोर तेस्रो त्रैमासिक आम्दानी विवरण सार्वजनिक गरेको छ। यसले चिनियाँ अटोमोबाइल निर्माताहरूले...

हेटौँडा–सिस्नेरी–फर्पिङ सडकमा टाइम कार्ड लागू, कुन खण्ड पार गर्न कति समय लाग्छ ?

हेटौँडा। सवारी दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारीसाधनको गति नियन्त्रण गर्ने उद्देश्यले मकवानपुरमा आजदेखि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडादेखि...

सार्वजनिक सवारीमा अग्नि नियन्त्रक यन्त्र अनिवार्य गरिँदै

काठमाडौँ: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन बाटो इजाजत (रुट परमिट) सँगै अग्नि नियन्त्रक यन्त्र अनिवार्य...

एफएनसीसीआई यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनित

काठमाडौँ: अटोमोबाइल व्यवसायी मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनित भएका छन्। एफएनसीसीआईले कार्यकारिणी समिति सदस्य...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना