२०८३ कार्तिक २१ गते शुक्रबार

बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट: कुन पालिकाको बजेट कति?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ११
budget

बाजुरा: बाजुराका ९ वटै स्थानीय तहले बजेट सार्वजनिक गरेका छन्। आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ९ वटै स्थानीय तहले बजेट ल्याएका हुन्। ४ वटा नगरपालिका र ५ वटा गाउँपालिका रहेको बाजुरा जिल्लामा सबै पालिकाले जनमुखी बटेज ल्याएका छन्।

सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता राख्दै ५१ करोड ६९ लाख १९ हजारको बजेट ल्याएको छ। नगरपालिकाले ‘कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पुर्वाधार समृद्ध बडिमालिकाको प्रमुख आधार’ भन्ने मुल नारा सहित आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको हो।

बुढीगंगा नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कुल ५६ करोड ५७ लाख १४ हजार रुपैयाँको बजेट विवरण सार्वजनिक गरेको छ। नगरपालिकाले चालु र पुँजीगत खर्चलाई सन्तुलनमा राख्दै विभिन्न दातृ निकाय, संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदान एवं आन्तरिक स्रोतलाई समेटेर बजेट सार्वजनिक गरेको हो।

सार्वजनिक विवरण अनुसार नगरपालिकाको कुल आम्दानी र खर्चको विवरण बराबर रु। ५६,५७,१४,००० रहेको छ। त्यस्तै त्रिवेणी नगरपालिकाले आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि कुल ५४ करोड ९५ लाख ७२ हजार रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ।

बुढीनन्दा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ५७ करोड ६ लाख ९६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो। नगरसभामा प्रस्तुत बजेटमा विकास निर्माण, सेवा प्रवाह तथा स्थानीय जनताको आवश्यकता सम्बोधनलाई प्राथमिकतामा राखिएको छ।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३७ करोड ९८ लाख ४८ हजार रुपैयाँ चालु खर्चतर्फ तथा १९ करोड ८ लाख ४८ हजार रुपैयाँ पुँजीगत खर्चतर्फ विनियोजन गरेको छ। प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक तथा पूर्वाधार विकास, सामाजिक सुरक्षा, रोजगार सिर्जना र सुशासन प्रवद्र्धनका कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको जनाइएको छ।

त्यस्तै गौमुल गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि ४० करोड ३१ लाख २९ हजारको बजेट सार्वजनिक गरेको छ। गाउँसभामा बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, सडक, कृषि, रोजगारी, सुशासन र प्रविधिमैत्री सेवा प्रवाहलाई केन्द्रमा राखेर बजेट ल्याएको हो।

कुल बजेट मध्ये आर्थिक विकासतर्फ ५ करोड २ लाख ८६ हजार रुपैयाँ, सामाजिक विकासतर्फ १५ करोड २० लाख २० हजार रुपैयाँ, पूर्वाधार विकासतर्फ ६ करोड ५० लाख ५३ हजार रुपैयाँ, सुशासन तथा सेवा प्रवाहतर्फ ९ लाख ७० हजार रुपैयाँ तथा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ १३ करोड ४८ लाख रुपैयाँ विनियोजन गरिएको छ।

त्यस्तै खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष विसुदेवी नाथले आव २०८३(८४ का लागि सभामा ५३ करोड १५ लाख ६९ हजारको बजेट पेस गरेकी हुन्।स्वामिकार्तिक खापर गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४४ करोड १६ लाख २ हजार रुपैयाँको बजेट प्रस्ताव गरिएको हो।

गाउँसभामा उपाध्यक्ष सुलोचना भण्डारीद्वारा प्रस्तुत चालु आर्थिक वर्ष २०८२/०८३ मा गाउँपालिकाको कुल विनियोजित बजेट ३८ करोड ३ लाख ६७ हजार १६९ रुपैयाँ रहेको छ। हालसम्म उक्त बजेटमध्ये २५ करोड २८ लाख ५४ हजार १०७ रुपैयाँ ५१ पैसा निकासा भइसकेको जनाएको छ।

त्यस्तै हिमाली गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि कुल रु। ४३ करोड ६८ लाख ३९ हजार बराबरको बजेट विनियोजन गरेको छ। गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशनमा प्रस्तुत बजेट अनुसार चालु खर्चतर्फ २५ करोड ६८ लाख २१ हजार तथा पुँजीगत खर्चतर्फ १८ करोड १८ हजार विनियोजन गरिएको हो।

साथै जगन्नाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ३८, ६३,०१,००० रुपैयाँको वार्षिक बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।गाउँपालिकाले चालु आर्थिक वर्षको तुलनामा विकास र प्रशासनिक खर्चलाई सन्तुलित बनाउने प्रयास गर्दै चालु र पूँजीगत खर्चको सीमा निर्धारण गरेको छ।

बाजुराका स्थानीय तहले नागरिकहरुको आवश्यकताका आधारमा बजेट ल्याएका छन्। सबै स्थानीय तहले विशेष गरी शिक्षा,स्वास्थ,कृषि र पुर्वाधारलाई मुख्य प्राथामिकतामा राख्दै बजेट ल्याईएको बडीमालिका नगरपालिकाकी उप—प्रमुख नन्दा कुमारी थापाले बताईन्।

उनले बडीममलिका नगरपालिकाले समेत कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता राख्दै जनमुखी बजेट ल्याएको जानकारी दिइन्।

प्रकाशित: २०८३ असार ११ गते बिहिबार ०३:३२
प्रतिक्रिया

थप समाचार

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

धनुषाका गौरीशंकरले जिते १० लाख, १ लाख जित्ने १५ जनामा तपाईँ पनि पर्नुभयो कि? [सूची]

काठमाडौँ: धनुषाको नगराइन नगरपालिकाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा सामान्य खरिद जीवनकै अविस्मरणीय संयोग बनेको छ। दैनिक उपभोग्य वस्तुका रूपमा किनेको तोरीको तेलले उनलाई एकैपटक...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना