२०८३ साउन ११ गते सोमबार

आगामी मौद्रिक नीतिः अर्थतन्त्रलाई पुनर्जीवन दिने ‘औषधि’ बन्नुपर्छ

 |  नारायण राज अधिकारी
Sanket

नारायण राज अधिकारी

काठमाडौँ, असार १२
narayan_adhikari_poto

मुलुकको वित्तीय क्षेत्र यतिवेला एउटा जटिल मोडमा उभिएको छ। एकातिर बैंकहरूमा तरलता (लगानी योग्य रकम) थुप्रिएको छ भने अर्कोतिर बजारमा माग नहुँदा कर्जा विस्तार हुन सकेको छैन।

खराब कर्जा (एनपीएल) को ग्राफ उकालो लाग्नु र कर्जा असूलीमा अवरोध सिर्जना हुनुले बैंकिङ प्रणालीलाई नै रक्षात्मक अवस्थामा पुर्‍याएको छ। यस्तो पृष्ठभूमिमा आउन लागेको आगामी मौद्रिक नीति केवल एउटा नियमित दस्तावेज मात्र नभई, समग्र अर्थतन्त्रलाई पुनर्जीवन दिने ‘औषधि’ बन्नुपर्ने अपेक्षा गरिएको छ।

प्रोभिजनिङ (नोक्सानी व्यवस्था) मा लचकताः व्यवसाय बचाउने रणनीति
हालको व्यवस्थापन (प्रोभिजनिङ) सम्बन्धी व्यवस्थाले बैंक र व्यवसायी दुवैलाई निकै ठूलो दबाब दिएको छ। विशेषगरी बाह्य परिस्थितिका कारण समस्यामा परेका उद्योग–व्यवसायलाई जोगाउन मौद्रिक नीतिले विशेष सम्बोधन गर्नुपर्छ।

कुनै व्यवसाय वा परियोजना आफ्नै गल्तीले नभई बाह्य कारणले (जस्तैः डिलरशिप खारेज हुनु वा बजार मन्दी) समस्यामा परेको छ भने त्यस्ता व्यवसायलाई एकै वर्षमा १०० प्रतिशत प्रोभिजनिङ गर्नुपर्ने नियममा केही समय थप गरिनुपर्छ।

यदि एक वर्षको ग्रेस पिरियड दिने हो भने व्यवसायीले पुनरुत्थानको मौका पाउँछन्। त्यसले गर्दा बैंकको वित्तीय विवरणमा पनि अस्वाभाविक दबाब देखिँदैन। खराब कर्जालाई ३ वा ५ वर्षसम्मको समय दिएर व्यवस्थापन गर्ने ‘डायनामिक प्रोभिजनिङ’ को अवधारणा अहिलेको आवश्यकता हो।

घरजग्गा क्षेत्रको ‘डेडलक’ र निकास
नेपालको ठूलो पुँजी घरजग्गा (रियल स्टेट) मा ‘फ्रिज’ भएर बसेको छ। बजारमा किन्ने मान्छे नहुँदा र बैंकहरूले थप लगानी गर्न नसक्दा आर्थिक गतिविधि नै सुस्त भएको छ। मौद्रिक नीतिले घरजग्गा क्षेत्रलाई थोरै खुकुलो बनाउन सके यसले बजारमा पैसाको सञ्चालन (मनि सर्कुलेसन) बढाउन मद्दत पुग्छ।

यसका लागि ‘लोन टु भ्यालु’ (एटीभी) रेसियोमा परिमार्जन वा पुनर्कर्जाको व्यवस्था आवश्यक देखिन्छ। जग्गाको कारोबार चलायमान हुनासाथ त्यसले राजस्वमा मात्र नभई बैंकको असूलीमा पनि सकारात्मक प्रभाव पार्ने देखिन्छ।

नियामकीय अस्पष्टता र ‘माइक्रो–म्यानेजमेन्ट’को अन्त्य
नेपाल राष्ट्र बैंकले पछिल्लो समय ‘माइक्रो–म्यानेजमेन्ट’ (सुक्ष्म व्यवस्थापन) मा बढी जोड दिएको हाम्रो बुझाइ छ। राष्ट्र बैंकका विभिन्न विभागहरू (जस्तैः सुपरिवेक्षण विभाग र मार्केट कन्डक्ट विभाग) बीच समन्वयको अभाव देखिन्छ। एउटा विभागले ठिक भनेको कुरा अर्कोले बेठिक भनिदिँदा बैंकहरू रनभुल्लमा छन्।

आगामी मौद्रिक नीतिले ‘एकीकृत निर्देशिका’ मार्फत स्पष्ट र स्थिर नीति ल्याउनुपर्छ। पटक–पटक परिवर्तन भइरहने सर्कुलरले बैंकिङ क्षेत्रमा अनिश्चितता पैदा गर्छ। नियामकले बैंकलाई व्यवसाय गर्ने स्वतन्त्रता दिनुपर्छ र केवल उच्च स्तरको अनुगमनमा मात्र केन्द्रित हुनुपर्छ।

डिजिटल बैंकिङ र पूर्वाधारको तयारी
राष्ट्र बैंकले अनलाइन पोर्टल र डिजिटल माध्यमबाट धितो रोक्का/फुकुवा जस्ता काम गर्ने नीति ल्याए पनि त्यसको कार्‍यान्वयन पक्ष फितलो छ। तयारी नै नगरी पोर्टलहरू सार्वजनिक गर्दा प्रणाली ‘ह्याङ’ हुने र काममा ढिलासुस्ती हुने समस्या देखिएको छ। आगामी नीतिले प्रविधिलाई प्रोत्साहन त गर्नुपर्छ। तर, त्यसअघि आवश्यक पूर्वाधार र समन्वय सुनिश्चित गर्नुपर्छ।

सार्वजनिक विश्वास र राजनीतिक हस्तक्षेपको सामना
पछिल्लो समय बैंकिङ क्षेत्रमाथि भइरहेको राजनीतिक र अराजक प्रहार (जस्तैः ऋण नतिर्ने अभियान) ले वित्तीय स्थिरतामा जोखिम बढाएको छ। बैंक भनेको केही व्यक्तिको नाफा कमाउने थलो मात्र नभई आम सर्वसाधारणको निक्षेपको संरक्षक हो भन्ने कुरा बुझाउन राज्य र नियामक चुकेको देखिन्छ।

आगामी मौद्रिक नीतिले ऋण नतिर्ने नियत भएकाहरूलाई कडा कानुनी दायरामा ल्याउने र असल ऋणीलाई प्रोत्साहित गर्ने स्पष्ट सन्देश दिनुपर्छ। कालोसूचीसम्बन्धी व्यवस्थामा केही व्यवहारिक परिमार्जन आवश्यक छ। तर, यसलाई राजनीतिक रंग दिएर दबाबमा खुकुलो बनाइनु हुँदैन।

साना तथा महिला उद्यमशीलता कर्जाः व्यवहारिक चुनौती
बिना धितो दिइने महिला उद्यमशीलता कर्जा वा कृषि कर्जाको सदुपयोगितामा प्रश्न उठेको छ। कतिपय अवस्थामा यस्ता कर्जा अनुदान जस्तो सम्झेर नतिर्ने प्रवृत्ति बढेको छ। मौद्रिक नीतिले यस्ता लक्षित कर्जाहरूको वास्तविक प्रभाव मूल्यांकन गरी वितरण प्रणालीमा सुधार गर्नुपर्छ ताकि वास्तविक उद्यमीले मात्र सुविधा पाऊन्।

श्रम कानुन र कार्यक्षमता
बैंकहरूमा ५ बजेपछि काम गर्न नपाइने वा ओभरटाइमको प्रावधान जस्ता श्रम कानुनका विषयले बैंकिङ सेवाको प्रकृतिमा असर पारेको छ। बैंक सेवामुखी संस्था भएकाले कामको चाप र सेवाको आवश्यकता अनुसार लचिलो कार्यघण्टाको व्यवस्था हुनुपर्ने र यसलाई मौद्रिक नीतिले श्रम मन्त्रालयसँग समन्वय गरी सम्बोधन गर्नुपर्ने देखिन्छ।

आगामी मौद्रिक नीति केवल अंकहरूको खेल मात्र हुनुहुँदैन, यसले बजारमा आत्मविश्वास भर्नुपर्छ। बैंकहरूलाई बलियो बनाउँदै निजी क्षेत्रको मनोबल उकास्ने गरी लचिलो तर विवेकी नीति आउन जरुरी छ।

तरलताको थुप्रोलाई उत्पादनमूलक क्षेत्रमा प्रवाह गर्ने र खराब कर्जा व्यवस्थापनमा व्यवहारिक लचकता अपनाउने हो भने मात्र नेपाली अर्थतन्त्रले पुनः गति लिन सक्नेछ।

विगतका गल्तीहरूबाट सिकेर र सरोकारवालाहरूको सुझावलाई आत्मसात गर्दै आउने मौद्रिक नीतिले नै समृद्ध नेपालको वित्तीय आधारशिला तय गर्नेछ।

(सिटिजन्स बैंकका प्रमुख प्रशासकीय अधिकृत अधिकारीसँग नेपालक्लिक्सले समसामयिक विषयमा गरेको कुराकानीमा आधारित सामग्री सम्पादित अंश।)

प्रकाशित: २०८३ असार १२ गते शुक्रबार ०७:३४
प्रतिक्रिया

थप समाचार

‘सिङ्गो देश डिप्रेसनमा छ’

डिप्रेसनले राज गरेको मुलुकमा समाज सधैँ एउटा नायकको खोजीमा हुँदो रहेछ, तर कसैलाई लामो समय विश्वास गर्न नसकेर नायक बदलिरहँदो रहेछ। को

गीत ‘मास्टर्नी’ को पोस्टरको समाजशास्त्रीय विश्लेषणः समाज निर्माणको आधारमा प्रहार

शिक्षक समाजको एउटा महत्वपूर्ण खम्बा हो। शिक्षकले ज्ञान, सीप, मूल्य र मान्यताहरू नयाँ पुस्तामा हस्तान्तरण गर्दै समाजलाई सही दिशामा डोऱ्याउने कार्य गर्छ। त्यसैले, शिक्षकलाई मनोरञ्जनको पात्र...

नेपो डच डिजिज र रेमिटान्स मेन समाज !

ल्हासातिर ऊन बेचेर सुन भित्र्याइने नेपालले आफ्ना स्रोत त्यति नै बेलादेखि नै नचिनेर होला, पहाडतिरका बलिया र सग्ला पाखुराहरू लाहुरे बन्ने तोडमोडमा कसैले थर फेरे, कसैले घर फेरे; जसरी हुन्छ लाहुरे...

‘व्यक्तिगत ग्यारेन्टी हट्नु सम्पत्तिमा आधारित अर्थतन्त्रबाट उत्पादनमा लैजाने कदम’

नेपालमा बैंक तथा वित्तीय संस्थाले व्यवसायिक कर्जा प्रवाह गर्दा व्यवसायीको व्यक्तिगत जमानी (पर्सनल ग्यारेन्टी) अनिवार्य रूपमा लिने प्रचलन लामो समयदेखि रहेको छ। अहिले यो व्यवस्था हटाउने विषयमा...

‘जलविद्युतमा लगानी पुनसंरचना गरेर सेयर प्राइस डिस्कभरी मेकानिज्ममा जानुपर्छ’

सुरुवाती दिनदेखि जोखिम मोल्ने प्रवर्द्धकको सेयर मूल्य र सबै जोखिम न्यूनीकरण भइसकेपछि आउने लगानीकर्ताको सेयर मूल्य बराबरी हुनु वैज्ञानिक देखिँदैन। त्यसैले, प्रवर्द्धकको मेहनत, विज्ञता र...
sebon adakshya
शेयर बजार

सेबोनमा अड्किए १०४ कम्पनीका आईपीओ, छैन अनुमति दिने छाँटकाँट

हाल विभिन्न क्षेत्रका १०४ वटा कम्पनी आईपीओ निष्कासनको स्वीकृतिको प्रतीक्षामा छन्। पाइपलाइनमा रहेका कतिपय कम्पनीले तीन वर्षभन्दा लामो समयदेखि अनुमति पाउन सकेका छैनन्।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना