२०८३ साउन ११ गते सोमबार

‘निजी क्षेत्रको आत्मविश्वास नफर्किएसम्म अर्थतन्त्रले गति लिन सक्दैन’

 |  मनोज ज्ञवाली
Sanket

मनोज ज्ञवाली

काठमाडौँ, असार २२
manoj_gyawali

कुनै पनि मुलुकको आर्थिक स्थायित्व र समृद्धिका लागि मौद्रिक नीति र वित्त नीति बीचको तालमेल अपरिहार्य हुन्छ। नेपालको वर्तमान आर्थिक परिदृश्यमा मौद्रिक नीति केवल एउटा वार्षिक दस्तावेज मात्र नभएर निजी क्षेत्रको मनोबल उकास्ने र वित्तीय अनुशासन कायम गर्ने मुख्य कडी बनेको छ।

मौद्रिक नीतिको मुख्य कार्य भनेको सरकारले लिएको वित्तिय लक्ष्यलाई पोलिसी रेटमार्फत सन्तुलनमा राख्नु हो। यद्यपि, समय–समयमा आउने सर्कुलरहरू र नियामकीय परिवर्तनहरूले बजारमा पार्ने प्रभावलाई हामीले गम्भीरताका साथ लिनु पर्ने बेला आएको छ।

मौद्रिक नीति र सञ्चालनगत लचकता
नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिले बृहत् आर्थिक लक्ष्यहरू निर्धारण गर्दछ। तर, नियमित सञ्चालनगत कुराहरू, जुन हामीले लामो सूचीका रूपमा देख्छौँ, ती राष्ट्र बैंकले आवश्यकताअनुसार सर्कुलरमार्फत जुनसुकै बेला परिवर्तन गर्न सक्छ। यसको अर्थ, मौद्रिक नीतिलाई गतिशील बनाउन सकिन्छ र बजारको मागअनुसार यसलाई परिमार्जन गर्ने ठाउँ सधैँ खुला रहन्छ। अहिलेको मुख्य आवश्यकता भनेको नीतिगत दरहरूलाई यस्तो बिन्दुमा राख्नु हो, जसले मुद्रास्फीति नियन्त्रण गर्नुका साथै उत्पादनशील क्षेत्रमा कर्जा प्रवाहलाई प्रोत्साहन गरोस्।

हाल बैंकिङ क्षेत्र र व्यवसायीहरूले उठाएको मुख्य मुद्दा ‘लोन लस प्रोभिजनिङ’ को रिल्याक्सेसन (छुट) हो। नेपाल राष्ट्र बैंकको निर्देशिका नम्बर १२ ले स्पष्ट रूपमा के भन्छ भने, यदि कुनै कर्जा एक वर्षभन्दा बढी समयसम्म ‘लस’ क्याटगोरीमा रहन्छ भने, त्यसलाई अनिवार्य रूपमा कालोसूचीमा राख्नुपर्छ। कालोसूचीमा मात्र होइन, त्यस्ता ऋणीहरूको राहदानीसमेत रोक्का वा जफत गर्न सिफारिस गर्ने व्यवस्था छ।

यो व्यवस्था सुन्दा अनुशासनका लागि कडा देखिए पनि, यसले इमानदार व्यवसायीहरूलाई ठूलो मर्कामा पारेको छ। व्यवसायिक उतारचढावका कारण कुनै ऋण खराब हुनु र नियतवश ऋण नतिर्नु फरक कुरा हुन्। त्यसैले, हामीले अब नियतवस ऋण नतिर्ने (विल्फुल डिफल्टर) र नभएर नतिर्ने (नन–विल्फुल डिफल्टर) बीच स्पष्ट वर्गीकरण गर्नुपर्ने बेला आएको छ।

नियतवश र परिस्थितिगत ऋणीहरूको वर्गीकरण
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले पनि उठाउँदै आएको यो विषय अत्यन्तै गम्भीर छ। जसले नियतवश ऋण तिर्दैन भने उसलाई एक वर्ष होइन, ६ महिनामै कडाभन्दा कडा कारबाही गरिनुपर्छ। उसको सम्पत्ति जफत गर्नेदेखि राज्यले दिने सुविधाहरूबाट वञ्चित गर्नेसम्मका कदम चालिनुपर्छ।

तर, जसको लगानी व्यवसायमै देखिन्छ, जसले वर्षौँदेखि राज्यलाई कर तिरेको छ र जो केवल बजारको मन्दी वा सरकारी ढिलासुस्तीका कारण समस्यामा परेको छ, उसलाई पनि एउटै डालोमा राखेर कालोसूचीमा हाल्नु न्यायोचित हुँदैन। यदि हामीले त्यस्ता व्यवसायीलाई संरक्षण गरेनौँ भने उनीहरूको पुस्तौँसम्मको व्यवसाय धराशायी हुने अवस्था आउँछ, जसले अन्ततः अर्थतन्त्रलाई नै क्षति पुर्‍याउँछ।

राज्यको राजस्वमा बैंकिङ क्षेत्रको योगदान
हामीले बिर्सनै नहुने कुरा के हो भने नेपालको कुल आयकर राजस्वमा बैंकिङ क्षेत्रको योगदान करिब १३ प्रतिशत रहेको छ। वार्षिक ३७ देखि ३८ अर्ब रुपैयाँ बैंकहरूले आयकरका रूपमा सरकारलाई बुझाउँछन्। यो तथ्याङ्कले के देखाउँछ भने बैंकहरू बलियो हुनु भनेको राज्यको कोष पनि बलियो हुनु हो।

यदि बैंकहरू घाटामा गए वा उनीहरूको नाफा घट्यो भने त्यसको प्रत्यक्ष असर राज्यको राजस्व संकलनमा पर्छ। आजको मितिमा राज्य आफैँ स्रोत संकलनमा समस्या भोगिरहेको बेला, बैंकहरूलाई थप दबाबमा राख्नु प्रत्युत्पादक हुन सक्छ। बैंकहरूको नाफा घट्नु भनेको राज्यको आम्दानी घट्नु हो, जसले विकास निर्माणका कार्यमा बजेट अभाव सिर्जना गर्दछ।

निर्माण व्यवसायको संकट र प्रणालीगत जोखिम
अहिले नेपालको निर्माण व्यवसाय अत्यन्तै नाजुक अवस्थामा छ। सरकारले समयमा भुक्तानी नगर्दा धेरै ठेकेदारहरू समस्यामा परेका छन्। तथ्यांक हेर्ने हो भने, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा मात्रै करिब पाँच खर्ब रुपैयाँको हाराहारीमा छ।

जब सरकारले ठेकेदारलाई भुक्तानी दिँदैन, ठेकेदारले बैंकको किस्ता तिर्न सक्दैनन्। यसले गर्दा बैंकहरूको निष्क्रिय कर्जा (एनपीएल) ह्वात्तै बढेर जाने खतरा छ। पाँच खर्ब रुपैयाँको कर्जा जोखिममा पर्नु भनेको सम्पूर्ण वित्तीय प्रणाली नै असुरक्षित हुनु हो। यसले बैंकको नाफामा असर गर्छ र पुनः राज्यको राजस्व संकलनमा धक्का पुग्छ।

तसर्थ, सरकारले निर्माण व्यवसायीहरूको कामको भुक्तानी गर्ने वातावरण तत्काल मिलाउनुपर्छ। यदि भुक्तानीमा समय लाग्ने नै हो भने, उनीहरूको कर्जा व्यवस्थापनका लागि समझदारीमा अन्य सुविधाहरू वा कर्जा पुनर्संरचनाको व्यवस्था मिलाइनुपर्छ।

नेपाली अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीतिले मात्रै सबै काम गर्न सक्दैन। तर, यसले सहजकर्ताको भूमिका भने पक्कै खेल्न सक्छ। मौद्रिक नीति र सरकारी संयन्त्रहरूबीच प्रभावकारी समन्वय हुन जरुरी छ।

अन्ततः निजी क्षेत्रको आत्मविश्वास नफर्किएसम्म अर्थतन्त्रले गति लिन सक्दैन। मौद्रिक नीतिले व्यवसायीहरूलाई भाग्ने’ होइन, काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ। यदि हामीले यी चुनौतीहरूलाई समयमै सम्बोधन गर्न सक्यौँ भने मात्रै आर्थिक स्थिरता र दीगो विकासको लक्ष्य हासिल गर्न सम्भव हुनेछ।

–ज्ञवाली, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्।

प्रकाशित: २०८३ असार २२ गते सोमबार ०५:३३
प्रतिक्रिया

थप समाचार

‘सिङ्गो देश डिप्रेसनमा छ’

डिप्रेसनले राज गरेको मुलुकमा समाज सधैँ एउटा नायकको खोजीमा हुँदो रहेछ, तर कसैलाई लामो समय विश्वास गर्न नसकेर नायक बदलिरहँदो रहेछ। को

गीत ‘मास्टर्नी’ को पोस्टरको समाजशास्त्रीय विश्लेषणः समाज निर्माणको आधारमा प्रहार

शिक्षक समाजको एउटा महत्वपूर्ण खम्बा हो। शिक्षकले ज्ञान, सीप, मूल्य र मान्यताहरू नयाँ पुस्तामा हस्तान्तरण गर्दै समाजलाई सही दिशामा डोऱ्याउने कार्य गर्छ। त्यसैले, शिक्षकलाई मनोरञ्जनको पात्र...

नेपो डच डिजिज र रेमिटान्स मेन समाज !

ल्हासातिर ऊन बेचेर सुन भित्र्याइने नेपालले आफ्ना स्रोत त्यति नै बेलादेखि नै नचिनेर होला, पहाडतिरका बलिया र सग्ला पाखुराहरू लाहुरे बन्ने तोडमोडमा कसैले थर फेरे, कसैले घर फेरे; जसरी हुन्छ लाहुरे...

‘व्यक्तिगत ग्यारेन्टी हट्नु सम्पत्तिमा आधारित अर्थतन्त्रबाट उत्पादनमा लैजाने कदम’

नेपालमा बैंक तथा वित्तीय संस्थाले व्यवसायिक कर्जा प्रवाह गर्दा व्यवसायीको व्यक्तिगत जमानी (पर्सनल ग्यारेन्टी) अनिवार्य रूपमा लिने प्रचलन लामो समयदेखि रहेको छ। अहिले यो व्यवस्था हटाउने विषयमा...

‘जलविद्युतमा लगानी पुनसंरचना गरेर सेयर प्राइस डिस्कभरी मेकानिज्ममा जानुपर्छ’

सुरुवाती दिनदेखि जोखिम मोल्ने प्रवर्द्धकको सेयर मूल्य र सबै जोखिम न्यूनीकरण भइसकेपछि आउने लगानीकर्ताको सेयर मूल्य बराबरी हुनु वैज्ञानिक देखिँदैन। त्यसैले, प्रवर्द्धकको मेहनत, विज्ञता र...
sebon adakshya
शेयर बजार

सेबोनमा अड्किए १०४ कम्पनीका आईपीओ, छैन अनुमति दिने छाँटकाँट

हाल विभिन्न क्षेत्रका १०४ वटा कम्पनी आईपीओ निष्कासनको स्वीकृतिको प्रतीक्षामा छन्। पाइपलाइनमा रहेका कतिपय कम्पनीले तीन वर्षभन्दा लामो समयदेखि अनुमति पाउन सकेका छैनन्।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना