काठमाडौँः नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८३र८४ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले बैंकिङ क्षेत्रमा संस्थागत सुधार गर्दै यस्तो व्यवस्था अघि सारिएको जानकारी दिए।
गभर्नर पौडेलका अनुसार बैंक तथा वित्तीय संस्थाको संरचना र कार्यक्षेत्रलाई थप प्रभावकारी बनाइनेछ। यसबाट संस्थाहरूको पुँजी परिचालन लागत घट्ने र त्यसको लाभ ऋण लिने ग्राहकसम्म पुग्ने अपेक्षा गरिएको छ।
उनले व्यवसायको आकार र प्रकृतिअनुसार सेवा प्रदान गर्ने विशिष्टीकृत बैंकिङ अवधारणालाई अघि बढाइने पनि बताए। राष्ट्र बैंकले यस्तो व्यवस्थामार्फत बैंकिङ सेवालाई थप प्रभावकारी, प्रतिस्पर्धी र ग्राहकमैत्री बनाउने लक्ष्य राखेको जनाएको छ।


