२०८३ कार्तिक २० गते बिहिबार

भारतमा बिजुली निर्यात क्षमता १६ सय ५० मेगावाट पुर्याउने सहमति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ३२
WhatsApp Image 2026-07-15 at 7.56.50 PM

काठमाडौं। नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले नेपालबाट १६ सय ५० मेगावाट बिजुली निर्यात गर्ने विषयमा सहमति जनाएका छन्।

हाल सञ्चालनमा रहेको ढल्केबर–मुजफ्फरपुर र ढल्केबर सीतामढी अन्तरदेशीय प्रसारण लाइनबाट १४ सय मेगावाट बिजुली आयात गर्ने सहमति भएको छ।

यस्तै, निर्याततर्फ ११ सय मेगावाटबाट १६ सय ५० मेगावाट पुर्याउने सहमति भएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवले जानकारी दिए।

यस्तै, चमेलिया जौलजीवी २२० केभी ‘डबल सर्किट’ प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन बैठकले स्वीकृत गरेको छ। सो आयोजना २०२८ को डिसेम्बरसम्म निर्माणसम्पन्न गर्ने लक्ष्य राखिएको छ।

न्यू पुर्निया र दोदोधारा बरेली ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त उपक्रम कम्पनी स्थापना गर्ने प्रक्रियालाई तीव्रता दिने सहमति पनि बैठकमा भएको प्रवक्ता देवले जानकारी दिए।

त्यस्तै, मोतिहारी– निजगढ ४०० केभी डबल सर्किट, लखनऊ कोहलपुर ४०० केभी प्रसारण लाइनको हकमा थप प्राविधिक अध्ययन गरिने भएको छ। नयाँ बुटवल–गोरखपुर ४०० केभी प्रसारण लाइन भने तत्कालका लागि २२० केभीमा सञ्चालन गर्ने प्राविधिक सहमति भएको छ।

सो प्रसारण लाइनको नेपाल खण्डको निर्माण २०२६ को अगस्तसम्म सम्पन्न हुनेछ। त्यस्तै, सबस्टेसनको निर्माण २०२७ को डिसेम्बरसम्म सम्पन्न हुनेछ। सो प्रसारण लाइनबाट तत्काल १३० मेगावाट बिजुली आयात गर्न सकिने र २०० मेगावाट निर्यात गर्न सकिनेछ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडी र भारत सरकारको विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवालको सहअध्यक्षतामा निर्देशक समितिको १३औँ बैठक आज पोखरामा सम्पन्न भएको हो।

त्यसअघि मंगलबार पोखरामा संयुक्त कार्यदलको १३औँ बैठक सम्पन्न भएको थियो। जसको सहअध्यक्षता ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देव र भारत सरकारको विद्युत् मन्त्रालयका सहसचिव (प्रसारण) पंकज कुमारले गरेका थिए।

बैठकमा जलविद्युत् परियोजनाको विकास, विद्युत् व्यापार र प्रसारण पूर्वाधारलगायत द्विपक्षीय ऊर्जा क्षेत्रका विविध सहकार्यको विविध विषयमा समीक्षा गरिएको थियो।

दुवै पक्षले ४०० केभी गोरखपुर–न्यू बुटवल लाइनसहित नयाँ प्रसारण लाइनको विकासमा भएको प्रगतिको प्रशंसा गरेका थिए। हाल सञ्चालनमा रहेका र प्रस्तावित विद्युत् उत्पादन तथा प्रसारण आयोजनाको कार्यान्वयनलाई तीव्रता दिन आवश्यक सहजीकरण गर्ने उपायका बारेमा छलफल गरेका थिए।

प्रकाशित: २०८३ असार ३२ गते बिहिबार ०८:१७
प्रतिक्रिया

थप समाचार

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

धनुषाका गौरीशंकरले जिते १० लाख, १ लाख जित्ने १५ जनामा तपाईँ पनि पर्नुभयो कि? [सूची]

काठमाडौँ: धनुषाको नगराइन नगरपालिकाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा सामान्य खरिद जीवनकै अविस्मरणीय संयोग बनेको छ। दैनिक उपभोग्य वस्तुका रूपमा किनेको तोरीको तेलले उनलाई एकैपटक...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना