२०८३ साउन ११ गते सोमबार

नयाँ आर्थिक वर्ष सुरु, कर, तलब, बैंकिङ र सेयर बजार परिवर्तनले अर्थतन्त्र चलायमान होला?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १
mof_1

काठमाडौैं। आर्थिक वर्ष २०८३/०८४ सुरु भएको छ। नयाँ आर्थिक वर्षसँगै सरकारले बजेटमार्फत घोषणा गरेका विभिन्न आर्थिक तथा करसम्बन्धी व्यवस्था र नेपाल राष्ट्र बैंकको नयाँ मौद्रिक नीति कार्यान्वयनमा आएका छन्। यससँगै कर प्रणाली, सरकारी कर्मचारीको तलब, बैंकिङ क्षेत्र, पुँजी बजार तथा विभिन्न सेवा क्षेत्रमा नयाँ नियम लागू भएका छन्।

यस वर्षको बजेटले व्यक्तिगत आयकर प्रणालीमा उल्लेखनीय परिवर्तन गरेको छ। अब वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्ने व्यक्तिले १ प्रतिशत मात्रै आयकर तिर्नुपर्नेछ।

यसअघि यो सुविधा ५ लाख रुपैयाँसम्मको आम्दानीमा मात्र सीमित थियो। त्यस्तै, व्यक्तिगत आयकरको अधिकतम दर ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशत कायम गरिएको छ। यसबाट बजार चलायमान हुने आशा सरकारले गरेको छ।

सरकारी कर्मचारीले पनि साउन महिनादेखि बढेको तलब पाउने भएका छन्। सरकारले सबै तहका सरकारी कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि गरेको छ, जसको कार्यान्वयन नयाँ आर्थिक वर्षदेखि नै सुरु भएको हो।

राजस्व प्रणालीलाई सरल बनाउने उद्देश्यसहित सरकारले भन्सार महसुल संरचनामा पनि परिवर्तन गरेको छ। भन्सार दरका तह ११ बाट घटाएर ७ मा झारिएको छ।

साथै, उद्योगका लागि आवश्यक २७३ प्रकारका कच्चा पदार्थमा भन्सार महसुल घटाइएको छ भने ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क हटाइएको छ। यद्यपि मदिरा, चुरोट, सुर्तीजन्य पदार्थ तथा केही विलासी वस्तुमा भने अन्तःशुल्क बढाइएको छ।

साउन १ गतेदेखि पूर्वाधार विकास कर र सडक मर्मत शुल्कलाई समेटेर एकीकृत हरित कर लागू गरिएको छ। सरकारले कृषि क्षेत्रलाई प्रोत्साहन गर्न २ करोड रुपैयाँसम्म लगानी गर्ने किसानलाई ४० प्रतिशतसम्म अनुदान दिने व्यवस्था पनि कार्यान्वयनमा ल्याएको छ।

पुँजी बजारमा पनि नयाँ नीति लागू भएको छ। सरकारले चरणबद्ध रूपमा इन्ट्राडे ट्रेडिङ, सर्ट सेलिङ र डेरिभेटिभ कारोबार सञ्चालन गर्ने नीति अघि बढाएको छ। साथै, सूचीकृत कम्पनीको सेयर बिक्रीबाट प्राप्त हुने पूँजीगत लाभकरलाई अन्तिम करका रूपमा मान्यता दिने व्यवस्था पनि लागू भएको छ।

पूँजीगत लाभकरको व्यवस्था एक वर्षभन्दा कम अवधि सेयर होल्ड गर्नेले ७.५ प्रतिशत तथा १ वर्षभन्दा लामो अवधि होल्ड गर्नेले ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए भने अब ३६५ दिनभन्दा कम अवधि सेयर होल्ड गरेर बिक्री गर्दा प्राप्त नाफामा १० प्रतिशत र एक वर्षभन्दा बढी अवधि होल्ड गरेपछि बिक्री गर्दा ७।५ प्रतिशत कर तिर्नुपर्नेछ।

यसैगरी, केही सेवा तथा वस्तुमा नयाँ शुल्क र कर पनि लागू भएका छन्। निजी विद्यालयको शुल्कमा ३ प्रतिशत शिक्षा समता शुल्क, निजी अस्पतालको सेवामा ३ प्रतिशत स्वास्थ्य समता शुल्क, ५० युनिटभन्दा बढी घरायसी विद्युत् उपभोगमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट), सुनचाँदीका गरगहनामा ०.५ प्रतिशत सीप प्रवद्र्धन शुल्क तथा राइड सेयरिङ सेवामा ५ प्रतिशत सेवा शुल्क लागू भएको छ।

यता, राष्ट्र बैंकको नयाँ मौद्रिक नीति पनि आजैदेखि कार्यान्वयनमा आएको छ। मौद्रिक नीतिले मुद्रास्फीति ५।५ प्रतिशतभित्र सीमित राख्ने, निजी क्षेत्रतर्फ ११ प्रतिशत कर्जा विस्तार गर्ने तथा बैंकिङ प्रणालीलाई थप लचिलो र उत्पादनमुखी बनाउने लक्ष्य लिएको छ।

नयाँ आर्थिक वर्षसँगै लागू भएका यी व्यवस्था अर्थतन्त्रलाई चलायमान बनाउने, लगानी प्रोत्साहन गर्ने, कर प्रणालीलाई सहज बनाउने तथा आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यका साथ ल्याइएको सरकारको दाबी छ।

प्रकाशित: २०८३ साउन १ गते शुक्रबार ०१:११
प्रतिक्रिया

थप समाचार

डिजिटल वालेटमा राष्ट्रिय परिचयपत्र अनिवार्य, असोजभित्र अद्यावधिक गर्नुपर्ने, नगरे के हुन्छ?

राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका नेपाली नागरिकले पनि सोही अवधिभित्र आफ्नो वालेट खातामा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्नेछ।

आर्थिक सुधारका नीतिगत र कानुनी जटिलता ‘मिसन मोड’मा फुकाउनुपर्छ: अर्थमन्त्री वाग्ले

काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाउनुपर्ने बताएका छन्। बिहीबार (हिजो) मन्त्रालयमा आयोजित आर्थिक वर्ष...

कच्चा तेलसँगै डलरको ग्राफ लाग्यो उकालो, महंगी बढाउँदै

काठमाडौं। विश्व बजारमा कच्चा तेलसँगै अमेरिकी डलरको मूल्य ग्राफ पुनः उकालो लागेको छ। पश्चिम एसियामा अमेरिका र इरानबीच पुनः युद्ध सुरु भएपछि तेल आपूर्तिमा अवरोध आउँदो ब्यारेलको १०० डलर माथि...

आगामी चार बजेटमार्फत  सरकारले चाहेको अर्थतन्त्रको आधार देखिन्छ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताएका छन्। कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपाल...

पोखरा र भैरहवाका एयरपोर्ट सञ्चालन गर्न सरकारले लियो यस्तो नीति

काठमाडौँ: सरकारले निर्माण सम्पन्न भएर नियमित सञ्चालनमा आउन नसकेका दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चनलनका लागि नयाँ नीति लिएको छ। बुधबार बसेको  मन्त्रिपरिषद् बैठकले २०८५ साल भदौ मसान्तसम्म...
sebon adakshya
शेयर बजार

सेबोनमा अड्किए १०४ कम्पनीका आईपीओ, छैन अनुमति दिने छाँटकाँट

हाल विभिन्न क्षेत्रका १०४ वटा कम्पनी आईपीओ निष्कासनको स्वीकृतिको प्रतीक्षामा छन्। पाइपलाइनमा रहेका कतिपय कम्पनीले तीन वर्षभन्दा लामो समयदेखि अनुमति पाउन सकेका छैनन्।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना